नायिका, मोडल तथा बिग बोसकी पूर्व प्रतियोगी सोफिया हयात सधैं केही न केही विवादका कारण चर्चामा रहन्छिन् । हालैमात्र कुनै एक सोसल मिडिया युजरले सोफियालाई अश्लील म्यासेज गरे, जसका कारण उनी निकै भडकिइन् ।
त्यसपछि सोफियाले अश्लील म्यासेज गर्ने ब्यक्तिको म्यासेज ती ब्यक्तिलाई सबक सिकाउने भन्दै सोसल मिडिया इन्स्टाग्राममा सेयर गरिन् । जुन ब्यक्तिले सोफियालाई अश्लील म्यासेज गरे ती ब्यक्तिको एकाउण्ट @abidhussain_1 नामको छ । ती ब्यक्तिले सोफियालाई उनको एक रातको मुल्य सोधेका थिए । उनले कडा जवाफ दिदैं त्यसको स्क्रीन सट सेयर गरेकी छिन् ।
सोफियाले ती सोसल मिडिया प्रयोगकर्तालाई जवाफ लेखेकी छिन्, ‘पहिले आफ्नी आमासँग, त्यसपछि आफ्नो बहिनीसँग तथा त्यसपछि आफ्नी पत्नीसँग सोध, उनीहरुले एक रातको मुल्य बताउनेछन् ।’


यसमा प्रयोगकर्ताले रिप्लाईमा लेखेका छन्, ‘तर ती ब्यक्तिहरु (आमा, बहिनी र पत्नी) आफ्नो शरीर तिम्रो जसरी देखाउँदैनन् ।’
सोफियाले त्यसमाथि झन कडा जवाफ लेखेकी छन्, ‘तिम्री आमाले तिमी जन्मिंदा आफ्नो शरीर र खुट्टा देखाइन् । तिम्रो दिमागको सफाइ जरुरी छ । के रमदानको मतलब तिम्रो दिमागमा केही छैन् ?’ त्यसअघि ती ब्यक्तिले २० लाख दिएर एक रात बिताउने प्रस्ताव राखेका थिए । त्यसमा पनि उनले कडा जवाफ दिएको स्क्रीन सट सेयर गरेकी छिन् ।
सोफिया अक्सर सोसल मिडियामा बोल्ड फोटो सेयर गरिरहेकी हुन्छिन् । केही दिन पहिले उनले सोसल मिडियामा बेडरुमको भिडियो सेयर गरेकी थिइन् । जसमा उनले कण्डमको प्रयोगलाई लिएर कुराकानी गरेकी थिइन् । यसअघि उनी पतिसँग बाथटबमा नुहाइरहेको फोटो पनि प्रकाशमा आएको थियो । तर, उनको केही समयअघि नै डिभोर्स भइसकेको छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण