चितवन-दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने भनि गरेको वचन यस पटक पूरा हुने भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा एक जोडी गैँडा हस्तान्तरण गर्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले दुई जोडी गैँडा नियन्त्रणमा लिएर सौराहा बुमामा राखिएको जनाउँदै सकेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हस्तान्तरण गरिने तयारी गरिएको बताए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चीनका अधिकारीलाई जहाजको ढोकाको आकार र प्राविधिक टोली पठाउन ताकेता गरिएको बताउँदै चितवन राष्ट्रिय निकुञ्जले खोरका लागि आवश्यक काठ तयार गरेर राखेको जानकारी दिए ।
उनका अनुसार हाल पिट बुमामा राखिएका गैँडालाई खुला बुमामा राखेर परीक्षण गर्न थालिएको छ । साइटिसको नियमानुसार एक वर्षमा एक जोडी वन्यजन्तु मात्रै अरु देशमा पठाउनुपर्ने हुन्छ । एक जोडी प्रधानमन्त्रीको भ्रमणका क्रममा र अर्को एक जोडी साउन लागेपछि पठाउने तयारी गरिएको छ ।
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’