बेइजिङ, चीन, १ जेठ – चीनको ग्रामिण तथा शहरी दुवै क्षेत्रका अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीका बाबजुद पनि खुशीसाथ जीवनयापन गरेको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनमा बताइएको छ ।
चिनियाँ वृद्धवृद्धाको जीवनयापनको अवस्थाको जानकारी लिन चिनियाँ अनुसन्धान केन्द्रले सन् २००० पछि हरेक पाँच वर्षमा निरन्तर गरिने गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै ६० वर्ष पार गरेका दुई लाख २२ हजार ७०० व्यक्तिलाई सोधिएको प्रश्नमा अधिकांशले बुढ्यौलीका बाबजुद पनि आँफूहरू खुशीसाथ जीवनयापन गरेको बताएका थिए । पछिल्लो सर्वेक्षण सन् २०१५ मा गरिएको भएपनि नतिजा भने हालैमात्र सार्वजनिक गरिएको हो ।
सन् २००० को सर्वेक्षणमा जम्मा ४८.८ प्रतिशत वृद्धवृद्धाले आफूहरू सुखसाथ जीवन यापन गरेको बताएका भएपनि यो दर सन् २०१५ मा आइपुग्दा वृद्धि भएर ६०.९ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।
सर्वेक्षणले बुढ्यौलीकाबीच पनि खुशी रहेका पुरूषको सङ्ख्या महिलाको भन्दा बढी देखाएको छ ।
उच्च शिक्षा आर्जन गरेका बूढाबूढी निम्न शिक्षा पाएका बूढाबूढीभन्दा बढी सुखी पाइएको पनि अध्ययनले देखाएको छ । सर्वेक्षणमा जम्मा ५२.१ प्रतिशत अनपढ अथवा साक्षर वृद्धवृद्धाले आफूहरूको जीवनशैली सुखी रहेको बताएका थिए तर ८४ प्रतिशत शिक्षित वृद्धवृद्धा सुखी भएको बताए ।
सर्वेक्षणमा कुनैपनि व्यक्ति बूढो हुँदैगएपछि कम सुखी हुने गरेको पाइएको थियो । सर्वेक्षण अनुसार ६०–६४ उमेर समूहका ६२.३ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुसीसाथ जीवनयापन गरेको बताए छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ५५.७ प्रतिशत बूढाबूढीले सुखसाथ बाँचेको बताए ।
यसैगरी ६०–६४ उमेर समूहका ५.८ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुशी नभएको बताएका छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ७.६ प्रतिशत बूढाबूढीले आफूहरूलाई सहज जीवनयापन नहुने गरेको बताए ।
कुनैपनि चिनियाँको सुखलाई उनीहरूको वैवाहिक अवस्था, बालबालीकासँगको सम्बन्ध, स्वास्थ्य र आर्थिक अवस्थासँग जोडेरसमेत मुल्याङ्कन गरिएको थियो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी