बेइजिङ, चीन, १ जेठ – चीनको ग्रामिण तथा शहरी दुवै क्षेत्रका अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीका बाबजुद पनि खुशीसाथ जीवनयापन गरेको मङ्गलबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनमा बताइएको छ ।
चिनियाँ वृद्धवृद्धाको जीवनयापनको अवस्थाको जानकारी लिन चिनियाँ अनुसन्धान केन्द्रले सन् २००० पछि हरेक पाँच वर्षमा निरन्तर गरिने गरिएको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै ६० वर्ष पार गरेका दुई लाख २२ हजार ७०० व्यक्तिलाई सोधिएको प्रश्नमा अधिकांशले बुढ्यौलीका बाबजुद पनि आँफूहरू खुशीसाथ जीवनयापन गरेको बताएका थिए । पछिल्लो सर्वेक्षण सन् २०१५ मा गरिएको भएपनि नतिजा भने हालैमात्र सार्वजनिक गरिएको हो ।
सन् २००० को सर्वेक्षणमा जम्मा ४८.८ प्रतिशत वृद्धवृद्धाले आफूहरू सुखसाथ जीवन यापन गरेको बताएका भएपनि यो दर सन् २०१५ मा आइपुग्दा वृद्धि भएर ६०.९ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।
सर्वेक्षणले बुढ्यौलीकाबीच पनि खुशी रहेका पुरूषको सङ्ख्या महिलाको भन्दा बढी देखाएको छ ।
उच्च शिक्षा आर्जन गरेका बूढाबूढी निम्न शिक्षा पाएका बूढाबूढीभन्दा बढी सुखी पाइएको पनि अध्ययनले देखाएको छ । सर्वेक्षणमा जम्मा ५२.१ प्रतिशत अनपढ अथवा साक्षर वृद्धवृद्धाले आफूहरूको जीवनशैली सुखी रहेको बताएका थिए तर ८४ प्रतिशत शिक्षित वृद्धवृद्धा सुखी भएको बताए ।
सर्वेक्षणमा कुनैपनि व्यक्ति बूढो हुँदैगएपछि कम सुखी हुने गरेको पाइएको थियो । सर्वेक्षण अनुसार ६०–६४ उमेर समूहका ६२.३ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुसीसाथ जीवनयापन गरेको बताए छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ५५.७ प्रतिशत बूढाबूढीले सुखसाथ बाँचेको बताए ।
यसैगरी ६०–६४ उमेर समूहका ५.८ प्रतिशत वृद्धवृद्धाले आफूहरू खुशी नभएको बताएका छन् भने ८५ वर्ष र यसमाथिको उमेर समूहका ७.६ प्रतिशत बूढाबूढीले आफूहरूलाई सहज जीवनयापन नहुने गरेको बताए ।
कुनैपनि चिनियाँको सुखलाई उनीहरूको वैवाहिक अवस्था, बालबालीकासँगको सम्बन्ध, स्वास्थ्य र आर्थिक अवस्थासँग जोडेरसमेत मुल्याङ्कन गरिएको थियो ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप