
लन्डन । तिब्बती बौद्ध धर्मगुरु मिलारेपाको जीवनकथामा आधारित नाटक ‘मिलारेपा’ आगामी ८ मार्च २०२६ मा बेलायतमा मञ्चन हुने भएको छ ।
बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको आयोजनामा अल्डरसटस्थित प्रिन्सेस हलमा मिलारेपा मञ्चन हुन लागेको हो । उक्त नाटक मञ्चन बेलुकी ६ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
नाटकले मिलारेपाको बाल्यकालदेखि तपस्यामार्फत आत्मज्ञान प्राप्तिसम्मको यात्रालाई कलात्मक रुपमा प्रस्तुत गरेको छ । चाङ् ङ्योन हेरुकको लेखन रहेको नाटकलाई बुद्धि तामाङ र उमेश तामाङले संयुक्तरुपमा निर्देशन गर्नुभएको हो ।
नाट्य रुपान्तरण रविन तामाङले गर्नुभएको हो । नाटकमा पाप, पश्चाताप, साधना र मुक्तिजस्ता गहिरा आध्यात्मिक विषयलाई उतारिएको छ । शीर्ष भूमिका मिलारेपाको भूमिकामा रुपेश लामाले अभिनय गर्नुभएको छ । रमिला मोक्तान, विकास लामा, सानुमाया तामाङ, रस्मिला तामाङ, रिया लामा, विजय तामाङ, बलबहादुर राई, निलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुष्कर कार्की, विश्व स्याङ्बो, सबिता थिङ, सुनिता तामाङ दोङ, सुदीप खतिवडा, विजय ट्युबा, रत्न मंगल, टासी लामा, अजय लामा, पवनकुमार गोले र सबिता तामाङको अभिनय छ ।
संगीत परिकल्पना आदित्य कटुवालको छ । स्वर आनीछोइङ डोल्मा, सरेश लामा, शुभलाल ग्लान तामाङको छ । नृत्य र संवादको संयोजनले सम्पूर्ण कथा भावनात्मक र प्रेरणादायी बनेको निर्देशक बुद्धि तामाङले बताउनुभएको छ ।
नाटक हेरेर दर्शकले आत्मशुद्धी, क्षमाशीलता र साधनाको महत्वबारे गहिरो सन्देश पाउने अपेक्षा गरिएको छ ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ