जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने

लन्डन । लन्डनमा टोपी दिवस मनाइने भएको छ । जनवरी १ तारिख २०२६ का दिन राष्ट्रिय टोपी दिवस मनाउने तयारी गरिएको हो । आयोजकका अनुसार, कार्यक्रम जनवरी १ मा बिहान ११ बजेदेखि सुरु हुनेछ।

उक्त अवसरमा हन्स्लो हाइस्ट्रीटदेखि ओष्टर्ली पार्कसम्म टोपी दिवस पदयात्रा आयोजना गरिनेछ । सहभागीहरूलाई सोही स्थानमा रहेको काठमाडौँ जोन रेष्टुरेन्ट नजिक भेला हुन आव्हान गरिएको छ ।

आयोजकले सम्पूर्ण नेपाली समुदायलाई परम्परागत ढाकाटोपी वा नेपाली टोपी लगाएर सहभागी भई यो ऐतिहासिक अवसरलाई सामूहिक रूपमा मनाउन आग्रह गरेका छन्। लन्डन तथा आसपासका नेपाली समुदायबीच एकता, सांस्कृतिक चेतना र राष्ट्रिय गौरवलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।

वि.सं. २०७० सालदेखि नेपालमा औपचारिक रूपमा मनाउन थालिएको यो दिवसले पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल, सांस्कृतिक अभियन्ता र नेपाली समुदायको पहलमा व्यापक रूप लिँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री