
लन्डन । लन्डनमा टोपी दिवस मनाइने भएको छ । जनवरी १ तारिख २०२६ का दिन राष्ट्रिय टोपी दिवस मनाउने तयारी गरिएको हो । आयोजकका अनुसार, कार्यक्रम जनवरी १ मा बिहान ११ बजेदेखि सुरु हुनेछ।
उक्त अवसरमा हन्स्लो हाइस्ट्रीटदेखि ओष्टर्ली पार्कसम्म टोपी दिवस पदयात्रा आयोजना गरिनेछ । सहभागीहरूलाई सोही स्थानमा रहेको काठमाडौँ जोन रेष्टुरेन्ट नजिक भेला हुन आव्हान गरिएको छ ।
आयोजकले सम्पूर्ण नेपाली समुदायलाई परम्परागत ढाकाटोपी वा नेपाली टोपी लगाएर सहभागी भई यो ऐतिहासिक अवसरलाई सामूहिक रूपमा मनाउन आग्रह गरेका छन्। लन्डन तथा आसपासका नेपाली समुदायबीच एकता, सांस्कृतिक चेतना र राष्ट्रिय गौरवलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
वि.सं. २०७० सालदेखि नेपालमा औपचारिक रूपमा मनाउन थालिएको यो दिवसले पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल, सांस्कृतिक अभियन्ता र नेपाली समुदायको पहलमा व्यापक रूप लिँदै गएको छ ।
नेपालमा वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिन : के के भए उपलब्धि ?
विदेशस्थित नेपाली नियोग र राहदानी विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने
प्राकृतिक जलवायु प्रणाली ‘एल निनो’ तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
हत्या प्रकरणमा एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान