तमु समाज युकेको अध्यक्षमा शिवचन्द्र गुरुङ निर्वाचित

लन्डन । तमु समाज युकेको ११ औं वार्षिक 
साधारण सभा तथा पांचौं महाधिवेशन आइतबार ६ मे २०१८ सम्पन्न भएको छ । तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टर बरहाम पार्क वेम्बली, लन्डनमा महाधिवेशन भएको हो ।

तमु समाज युकेका अध्यक्ष अर्जुनकुमार गुरुङको अध्यक्षतामा भएको उक्त वार्षिक साधारणसभा तथा पांचौं महाधिवेशन संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, पूर्व अध्यक्ष शिवशरण गुरुङ, अध्यक्ष अर्जुन कुमार गुरुङ, उपाध्यक्षत्रय ले. रि. मिम बहादुर गरुङ, शिव चन्द्र गुरुङ र बिजु गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि शुभारम्भ गरिएको थियो ।

दुई चरणमा विभाजित उक्त कार्यक्रमको पहिलो चरणको वार्षिक साधारणसभामा महासचिव ज्ञानबहादुर गुरुङले 
संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण र कोषाध्यक्ष उदय गुरुङले आर्थिक प्रतिवेदन निर्णयार्थ प्रस्तुत गरेर सर्वसम्मत अनुमोदन गरिएको थियो ।
त्यसैगरि साधारणसभामा विधान संशोधन र आगामी वर्षका कार्यक्रमबारे पनि छलफल गरि निर्णय गरिएको थियो ।

उपाध्यक्ष बिजु गुरुङले स्वागत मन्तब्य दिएको सभामा संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ र संस्थापक महासचिव तथा सल्लाहकार लेक्चरर लामा प्रेम गुरुङले शुभकामना मन्तव्य राखेका थिए । लेरक्चरर लामा प्रेम गुरुङले तमु समाज युकेको क्रियाकलापबारे सकारात्मक टिकाटिप्पणी सहित केहि सुझाव राख्दै तमु जातिको जन्म मृत्यु संस्कार र त्यसमा गरिने धार्मिक कर्मकाण्डबारे प्रकाश पारेका थिए ।

हेल्थ एण्ड सेफ्टीबारे उपाध्यक्ष शिवचन्द्र गुरुङले जानकारी गराएर महासचिव ज्ञानबहादुर गुरुङले 
सञ्चालन गरेको पहिलो चरणको कार्यक्रममा आमा समूहकी अध्यक्ष माया गुरुङले समूहको वार्षिक प्रतिवेदन, सल्लाहकार बाबुराम गुरुङले तमु समाज युके नेपलिज कम्युनिटी सेन्टरको प्रगति विवरण र सल्लाहकार इमान घलेले २५६२ औं बुद्ध जयन्ती पूजा कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए ।

सौहाद्रपूर्ण वातावरणमा सञ्चालन भएको साधारण सभामा सदस्यहरुले मन्तव्य राख्दै समाजको सर्वोपरि हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझाव दिंदै हाल सम्म भइरहेका काममा खुशी प्रकट गर्दै चौथो कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

पहिलो चरण कार्यक्रमको अन्तमा सदस्यहरुले उठाएका केही विषयको बुंदागत छलफल र निर्णय गरिसकेपछि अध्यक्ष अर्जुन कुमार गुरुङले धन्यवाद मन्तव्य राखेर 
चौंथो कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।

वार्षिक साधारण सभा तथा पांचौ महाधिवेशनको दोस्रो चरणमा तमु समाज युकेको निर्वाचन कार्यक्रम थियो ।

तमु समाज युके निर्वाचन समिति २०१८ का अध्यक्ष तथा पूर्व अध्यक्ष शिवशरण गुरुङको अध्यक्षतामा निर्वाचन समितिका सचिव तथा सल्लाहकार ले. रि. थम प्रसाद गुरुङले सञ्चालन गरेको दोश्रो चरणको कार्यक्रममा तमु समाज युके पांचौं कार्यसमिति निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुरुप सम्पूर्ण निर्वाचन प्रक्रिया पुरा गरि सर्वसम्मतबाट निर्वाचित गरिएको पांचौं कार्यसमिति गठनको परिणाम घोषणा गरेको थियो ।


नव गठित कार्यसमितिमा 
अध्यक्ष शिवचन्द्र गुरुङ, उपाध्यक्षद्वय शिवकुमार गुरुङ, कन्यप्रसाद गुरुङ, महासचिव हर्कबहादुर गुरुङ, सचिव ओमकार गुरुङ, कोषाध्यक्ष यमबहादुर गुरुङ, सह कोषाध्यक्ष पूर्ण गुरुङ चयन भएका छन् ।

त्यसैगरि, संयोजकमा कमलबहादुर गुरुङ, खेलकुद सचिव/खाद्य संयोजक हरिमान गुरुङ, सुरक्षा अधिकारी वुद्धि गुरुङ, हयामसायर प्रतिनिधि हितमान गुरुङ, रेडिङ प्रतिनिधि शुक बहादुर गुरुङ, पब्लिक फन्ड कोओर्डिनेटरद्वय क्याप्टेन तेसरजंग गुरुङ र रुबिन गुरुङ छन् ।

कार्यसमितिका सदस्यहरुमा टुकबहादुर गुरुङ, खेमबहादुर गुरुङ, दिनेश गुरुङ, पूर्ण घले, श्रीमती चञ्चला गुरुङ, श्रीमती बिन्दु घले, श्रीमती मथुरा गुरुङ, खुशीमान गुरुङ, नरबहादुर गुरुङ, श्रीमती कल्पना गुरुङ र सुश्री विभा गुरुङ चुनिएका छन् ।

निर्वाचन परिणाम घोषणा पञ्चात कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष तथा पूर्व अध्यक्ष शिवशरण गुरुङले पांचौ कार्यसमिति निर्वाचनमा उत्साहजनकरुपमा सहभागी बनि तमु समाज युके निर्वाचन भव्य सफल बनाई दिएकामा आभार प्रकट गर्दै सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।

त्यसैगरि संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र निर्वाचन समितिका अध्यक्षले नव निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहणपछि खादा लगाई वधाई तथा शुभकामना दिएका थिए ।

मन्तब्य राख्ने क्रममा नव निर्वाचित पांचौ कार्यसमितिका अध्यक्ष शिवचन्द्र गुरुङले सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएकामा खुशी व्यक्त गर्दै सबैलाई आभार सहित हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममै चौथो कार्यसमितिका अध्यक्ष अर्जुनकुमार गुरुङ लगायत सबै पदाधिकारीहरु र सल्लाहकारहरुलाई संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले धन्यवाद व्यक्त गर्दै खादा लगाई विदाई गरे ।

रारा क्याटरिङबाट खाना व्यवस्थापन, आमा समूहले जलपान व्यवस्थापन र चांद म्यूजिक वल्डको साउण्ड सिस्टममा लोक दोहोरी कलाकार इन्द्र गुरुङको उत्कृष्ट गीत प्रस्तुतिले सहभागी सबैलाई नचाएर मनोरन्जन 
गराएका थिए । अन्त्यमा लोक दोहोरी गायिका इन्द्र गुरुङलाई तमु समाज युकेले स्वागत तथा सम्मान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री