
बलिउड अभिनेत्री करिश्मा कपुर दरबारमार्गमा खोलिएको मेरिगोल्ड ज्वेलर्सको नयाँ शोरुम उदघाटन पछि ज्वेलर्सका सामाग्रीको अवालोकन गर्दै । तस्बिर : रोशन सापकोटा/रासस
काठमाडौं-बलिउडकी चर्चित अभिनेत्री करिष्मा कपुर काठमाडौं आइपुगेकी छिन् । उनी काठमाडौं दरबारमार्गमा खुलेको मेरी गोल्ड ज्वेलर्सको नयाँ शाखा उद्घाटन गर्न काठमाडौं आएकी हुन् ।
मेरीगोल्ड नेपालको पुरानो गहना पसल हो । उसले मेरीगोल्ड (सयपत्री) ज्वेलर्सको दरबारमार्गमा नयाँ शाखा विस्तार गरेको हो ।
उक्त शाखाको उद्घाटन गर्न अभिनेत्री करिष्मा कपुरलाई नेपाल ल्याइएको थियो । करिष्माले सोमबार उक्त शाखा उद्घाटन गरिन् ।

सो अवसरमा ज्वेलर्सकी सञ्चालिक ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहना बिक्री गरिररहेको बताइन् । उनले नेपाली परम्परागत पोशाकलाई विश्वबजारमा लैजाने योजना रहेको पनि उल्लेख गरिन् ।
मेरीगोल्डले हाल दरबारमार्गमा खुलेको नयाँ शाखासँगै न्युरोडको शोरुमबाट पनि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन