लण्डन, २० वैशाख – बेलायतमा आज बिहीबार भइरहेको स्थानीय तहको निर्वाचनमा देशभरका मतदाताले उत्साहपूर्वक सहभागिता जनाएको सरकारले जनाएको छ ।
दशौं लाख मतदाताले गरेको मतदानलाई प्रधानमन्त्री टेरेजा मेको पहिलो ठूलो परीक्षणको रूपमा पनि हेरिएको छ ।
देशभर रहेका १५० काउन्सिलमा निर्वाचन भएको हो । सवै काउन्सिलमा गरेर झण्डै ४४ सय सिट छ ।
प्रधानमन्त्री मे र उनका श्रीमान् फिलिपले लण्डनको वेस्टमिनिस्टर मतदान केन्द्रबाट बिहानै मतदान गरेका थिए ।
राजनीतिक विश्लेषकहरूले जेरेमी कर्बीन नेतृत्वको प्रमुख प्रतिपक्षी दल लेवर पार्टीले सवैभन्दा धेरै ठाँउमा जीत हासिल गर्ने अनुमान गरेका छन् ।
मतदान व्यवस्थित गर्न मतदातालाई पायक पर्ने गरी पहिलेभन्दा धेरै ठाउँमा मतदान केन्द्रहरु राखिएका निर्वाचन अधिकारीले बताए । मतदाता सूचिमा नाम भएकाहरूलाई सवारी चालक अनुमतिपत्र, राहधानी जस्ता फोटो सहितका कुनैपनि आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्न दिइएको थियो ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक