झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले मुलुकको समग्र क्षेत्रको विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् । झापाको दमकस्थित मुख्य बजारमा निर्माण गरिएको ‘नमूना बजार’को बुधबार उद्घाटन गर्दै उनले वर्तमान सरकारको पहिलो एजेन्डा विकास र समृद्धि भएकाले समृद्ध मुलुक निर्माण गर्न सबैलाई आ-आफ्नो ठाउँबाट जुट्नसमेत आग्रह गरे ।
“यो सरकारले अब कृषि, उद्योग, व्यापार, पर्यटनलगायत सबै क्षेत्रको विकास गरी समग्र क्षेत्रबाट मुलुकलाई अब्बल सावित गर्छ”–प्रधानमन्त्री ओलीले भने ।
दमक नगरपालिका–६ मा रु एक करोड ३५ लाखको लागतमा नमूना बजार तयार गरिएको छ । पार्कसहितको नमूना बजारमा पानीको फोहोरा, फूलबारी, आराम चियर, विभिन्न आर्कषक लाईटसमेत जडान गरिएको छ ।
दमक नगरपालिकाको रु एक करोड २० लाख र बाँकी उपभोक्ताको लगानीमा नमूना बजार निर्माण गरिएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताए ।
सो अवसरमा नमूना बजारको परिकल्पनाकार दमक नगरपालिकाका निवर्तमान कार्यकारी अधिकृत युवराज दाहाललाई सम्मानसमेत गरिएको थियो ।
नमूना बजारको बीचमा लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले पानीको फोहोरा बनाएको हो । लायन्स स्तम्भ र त्यसमाथि भएको सिंहको प्रतीकले यहाँको आकर्षण बढाएको भन्दै प्रधानमन्त्री ओलीले लायन्स क्लबलाई धन्यवाद दिए ।
‘प्रदेशको नाम र राजधानी तोक्न ढिला नगर्नुहोस्’
प्रदेश नं १ को नामाकरण अझै नभएको भन्दै प्रधानमन्त्री ओलीले आश्चर्य व्यक्त गरेका छन् । “सप्तकोसी, सगरमाथा यही प्रदेशमा पर्छ”–प्रधानमन्त्री ओलीले भने, “प्रदेश नं १ को नामाकरण र राजधानी तोक्न अब के ले रोक्यो ?”
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने, “सप्तकोसी र सगरमाथा भएको प्रदेशमा नामको अभाव कसरी हुन्छ ?”
विकासका लागि राजधानी नै बन्नुपर्छ भन्ने छैन भन्दै प्रधानमन्त्री ओलीले थपे, “राजधानी तोक्न र प्रदेशको नामाकरण गर्न अब ढिलाई नगर्नुहोस् ।”
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक