लण्डन । युकेका नेपालीहरुको संसदीय भ्रमणको प्रतिवेदन बेलायत तथा नेपालको संसदमा पेश गरिएको छ ।
युके नेपाल मैत्री समाजको आयोजनामा गत वर्ष बेलायतका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु रहेको प्रतिनिधि टोलीलाई बेलायतको वेष्टमिनिष्टरमा रहेको संसद तथा वेल्स राज्यको संसदीय भ्रमण गराइएको थियो । ती भ्रमणपछि प्राप्त नेपालीहरुको अनुभव र अपेक्षा समेटिएको सो रिपोर्ट गत साता नेपाल तथा बेलायतका दुवै देशका तल्लो सदन तथा वेल्स राज्यको संसदमा बुझाइएको छ ।
सो प्रतिवेदन प्राप्त गरेपछि बेलायतको तल्लो सदन हाउस अफ कमन्सका सभामुख जोन बर्कोको कार्यालयले सो प्रतिवेदनका लागि समाजलाई धन्यवाद दिएको र प्रतिवेदन पढ्ने वचन दिएको समाजका अध्यक्ष अलान मार्सेल स्यांकाले जानकारी दिए ।
प्रतिवेदनमा बेलायती संसदमा नेपालमा मानवअधिकार तथा नेपालको सार्वभौमिकताका बारेमा उठाइएका सवालहरुका बारेमा नेपाली प्रतिनिधिमण्डलले व्यक्त गरेको प्रतिक्रिया उठाइएको छ । यस्तै, संसदका विभिन्न समितिले तिनले गरेका निर्णयको कार्यान्वयनका प्रक्रियाबारे पनि उल्लेख छ ।
समाजका अध्यक्ष स्यांकाले नेपाली समुदायले कसरी बेलायतको संसदीय अभ्यासका बारेमा आफूलाई जानकार बनाउन सकिन्छ भनेर चासो देखाउनु सकारात्मक पक्ष रहेको बताए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते