बलिउड नायिका प्रीति जिन्टा डिम्पल गर्लका रुपमा संसारभर चिनिन्छिन् । बिहीबार उनै प्रीति निकै खुशी मुडमा देखिएकी थिइन् ।
कारण हो, उनको टिमका सर्वाधिक विस्फोटक ब्याटसम्यानको शतकमा आइपिएलमा आफ्नो टिमले जित दर्ता गर्नु ।
बिहीबार राति भएको खेलमा आइपिएल २०१८ को १६ औं खेलका दौरान किंग्स इलेभन पन्जाबले सनराइजर्स हैदरावादलाई १५ रनले हरायो । खेलमा हैदरावादले जितका लागि १९४ रनको विजयी लक्ष्य पाएको थियो । तर, हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदैं १७८ रनमा समेटियो ।
यो प्रतियोगितामा हैदरावाद पहिलो पटक पराजित भएको हो । खेलमा पन्जाबका लागि क्रिस गेलले प्रतियोगिताको पहिलो शतक प्रहार गरे । खेल सकिएपछि क्रिस गेलले टिमकी को ओनर प्रिति जिन्टासँगै मिलेर मस्ती पनि गरे ।

क्रिस गेलले यस खेलमा १०४ रन बनाए । ६३ बलको आफ्नो पारीमा उनले केवल १ चौका र ११ छक्का प्रहार गरे ।
गेल आइपिएल २०१८ मा शतक लगाउने पहिलो क्रिकेटर बने । साथै, यो उनको आइपिएल करिअरको छैटौ शतक हो । उनी विस्फोटक इनिङका कारण म्यान अफ द म्याच चुनिए ।
खेल सकिएपछि विस्फोटक ब्याटसम्यान गेलले आफ्नो टिमकी को वनर प्रीति जिन्टासँग मिलेर रमाइलो गरे । उनले प्रीतिसँग सेल्फीमात्र खिचाएनन्, डान्स पनि गरे ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते