चितवन, १५ चैत – नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ ढंगबाट निर्माण योजना तयार गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्री नियुक्त भई कार्यप्रारम्भ गरेका दिन विश्व बैंकसँग ती पुलका लागि बजेट माग गर्ने फाईलमा पहिलो हस्ताक्षर गर्नुभएको थियो ।
सडक विभागका उपमहानिर्देशक एवं वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले मन्त्री महासेठले विशेष महत्व राखेर हस्तक्षर गर्नुभएकाले ती पुललाई नक्सांकनसहित निर्माण गर्ने गरी ठेक्का दिने तयारी गरिएको बताउनुभयो । श्रेष्ठले असारभित्रमा विश्व बैंकसँग सम्झौता सम्पन्न गरी काम अगाडि बढाईने बताउनुभयो । उहाँले भन्नुभयो- “यी पुल एक वर्षभित्रमा सम्पन्न गर्नेछौं ।”
केही ठाउँमा भित्तो काटेर पुल बनाउनु पर्ने भएपनि महत्वपूर्ण सडक भएकाले छिटो सम्पन्न हुने गरी काम गरिने उहाँले बताउनुभयो ।
एकिन अहिले नै भन्न नसकिने भए पनि झण्डै दुई अर्ब रुपैयाँ लागत लाग्ने अनुमान रहेको पनि उपमहानिर्देशक श्रेष्ठले बताउनुभयो ।
सोही सडकका चार वटा पुल निर्माण भईरहेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका परियोजना संयोजक समेत रहनु भएका श्रेष्ठले पुलको चौडाई ११ मिटर फराकिलो हुने बताउनुभयो । हाल रहेका पुल नभत्काईकन सकेसम्म छोटो पर्ने गरी पुल निर्माण गरिंदै छ । सडकको नारायणगढदेखि १६ किलोमिटरसम्म ११ मिटर फराकिलो छ भने त्यस उता मुग्लिनसम्म नौ मिटर फराकिलो बन्दैछ । हाल रहेका पुलहरु भने पाँच दशकलव पाँच देखि ६ मिटर फराकिला रहेका छन् ।
सडक फराकिलो र पुल साँघुरा हुँदा सवारी आवागमनमा समस्या हुने भएकाले छिटो सम्पन्न गर्न सक्ने गरी पुल निर्माण गरिने श्रेष्ठले बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालले अब बन्ने पुलबाट दुईतर्फी सवारी सहज सञ्चालन हुने बताउनुभयो । पुलको दुवै छेउमा एक दशमलव पाँच मिटरका फुटपाट हुनेछन् । खनालका अनुसार हाल बन्दै गरेका चार वटा पुलको काम तीब्र गतिमा अगाडि बढिरहेको छ ।
निर्माण शुरु भएका चार वटा पुलमा नारायणगढबाट १२ किलोमिटर दासढुङ्गा, १६ किलोमिटर खानी पुल, २२ किलोमिटर मौरी पुल र २९ किलोमिटर जलवीरे रहेका छन् । दासढुंगाको पुलमा फाउण्डेशन सम्पन्न भई पिल्लर समेत उठिसकेको छ भने अन्य ठाउँमा खन्ने र फाउण्डेशनको काम भईरहेको छ । उहाँका अनुसार जलवीरेको पुलमा भने बाटो विस्तार पछि नक्सा नै परिवर्तन गर्नुपर्ने देखिएको छ ।
जलवीरे पुल रु १४ करोडमा ठेक्का दिइएको छ । अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड रहेको छ । ३ वटा पूल निर्माणको जिम्मा लामा कन्सट्रक्सनले पाएको छ । जलवीरे पुल निर्माणको ठेक्का सोही खण्डमा सडक निर्माण गरिरहेको सुप्रिम रौताहा जेभीमध्ये नेपाली कम्पनी रौताहाले पाएको छ ।
नारायणगढ मुग्लिन सडक खण्ड निर्माण हुन १८ प्रतिशत बाँकी छ । आउँदो जेठ १५ भित्र सडकको काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो