मेक्सिको, १४ चैत – संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी मन्त्री क्रिस्तेज नेल्सनले मेक्सिकोसँग आन्तरिक सुरक्षा र सीमा व्यापारका विषयमा आपसी सम्झौता हुने बताउनुभएको छ ।
उहाँको हालै सम्पन्न मेक्सिकोको भ्रमणपछि सो विषयमा सम्झौता गर्न उहाँ सहमत हुनुभएको समाचारमा जनाइएको छ ।
मन्त्री नेल्सनले सोमबार र मंगलबार मेक्सिको भ्रमण गर्नुभएको थियो । सो भ्रमणका क्रममा मेक्सिकोका राष्ट्रपति एन्रिक पेना नियटो पनि दुवै देशले समन्वयतात्मक रुपमा सीमा व्यवस्थापन र सुरक्षाका विषयमा मिलेर काम गर्न सकिने बताउनुभएको थियो ।
सीमा व्यापार र सुरक्षाका विषयमा दुवै देशतर्फ विभिन्न चुनौती रहेकोले तिनको व्यवस्थापनका लागि नयाँ सम्झौतामार्फत मिलेर जान सकिने विषयमा उहाँको सो भ्रमणका बारेमा कुराकानी भएको थियो ।
त्यस भ्रमणका समयमा भएको वार्ताकाक्रममा मेक्सिकोका राष्ट्रपति नियटोले अमेरिकामा आफ्ना नागरिकको सुरक्षाका विषयमा चासो राख्नुभएको थियो ।
त्यस अवसरमा उहाँहरुबीच सीमाको व्यवस्थापनका लागि मिलेर काम गरिने र सीमा व्यापार र सीमा सुरक्षामा आइपर्ने चुनौतीहरुलाई पनि के कसरी समन्वय गरेर निराकरण गर्न सकिन्छ भनेर सोच्न सकिने बारे छलफल भएको समाचारमा जनाइएको छ ।
यी दुई देशबीच सीमाको विषयलाई लिएर धेरै समस्या हुने गरेको छ । अमेरिकाले त्यहाँ हुने आतंकवादी क्रियाकलापका लागि मेक्सिकोको सीमा क्षेत्रबाट घुसपैठ हुने गरेको आरोप लगाउने गरेको छ ।
तर मेक्सिकोले भने त्यसको विरोध गर्ने गरेको छ । सोही कारण पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचनको अभियानमा उहाँले मेक्सिकोतर्फ पर्खाल लगाउने बताउनुभएको थियो ।
तर निर्वाचन जितेपछि भने उहाँले यस विषयमा खासै नयाँ कुनै कार्यक्रम ल्याउन सक्नुभएको छैन ।
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने