
चितवन र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले पुरानो प्रतापपुर क्षेत्रबाट नियन्त्रणमा लिईएको नरभक्षी बाघ । मकवानपुरको प्रतापपुर क्षेत्रमा मान्छे मारेको उक्त बाघलाई खोरमा राखेर चितवन ल्याईएको छ । तस्वीर सौजन्य – पुरुषोत्तम पाण्डे/रासस
रत्ननगर, चितवन, १३ चैत – मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले आज साँझ नियन्त्रणमा लिएको छ ।
साँझ ६.१० बजेको समयमा डाट गनमार्फत बेहोस बनाई बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले बताउनुभयो ।
टोलीले खोरमा राखेर बाघलाई चितवन ल्याउँदै गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
उक्त बाघलाई निकुञ्जको पुर्वी सेक्टर कार्यालय सौराहामा राखिने र बुधबार मुख्य कार्यालय कसरामा पठाइने जनाइएको छ । उक्त बाघ करिब चार-पाँच वर्षको भाले रहेको अर्यालले बताउनुभयो ।
मकवानपुरको मनहरि गाउँपालिका ७ रमौली प्रतापपुरमा उक्त बाघको आक्रमणबाट सोमबार एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।
त्यसलगत्तै चितवन र पर्साबाट पशु चिकित्सक, प्राविधिक, स्थानीय मध्यवर्तीका प्रतिनिधि र नेपाली सेनासहित ५० जनाको टोली डाटगनसहित बाघ नियन्त्रणका लागि खटिएको थियो । त्यस्तै बाघ नियन्त्रणका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको चार हात्तीसमेत परिचालन गरिएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा