मुकेश अम्बानीकी पत्नी नीता अम्बानी पछिल्लो केही वर्षदेखि फिटनेशका कारण सदैव चर्चामा रहेकी छिन् । उनले आफ्नो तौलमात्र घटाएकी छैनन्, पहिलेको भन्दा अझ बढी सुन्दर देखिन थालेकी छिन् ।
आफूलाई फिट राख्नका लागि विहानदेखि बेलुकीसम्म धेरै नियमको पालना गर्छिन् । यसमा खासगरी उनको डाइट र ब्यायाम समावेस छ । केही वर्ष पहिले एक अन्तर्वार्तामा नीताले भनेकी थिइन् कि जब उनको विवाह भएको थियो त्यतिबेला उनको वजन ४७ किलो थियो । तर, जब तीन बच्चाकी आमा भइन् नीताको तौल बढेर ९० केजी भएको थियो ।
जब नीतासँग सोधियो तपाई आफ्नो वजन घटाउनका लागि को जिम्मेवार छ ? उनले सिधा भनिन्, ‘अरु कोही होइन्, यसका पछाडि मेरो छोरा अनन्त नै मेरो प्रेरणाको स्रोत हो । सानो छोराले नीताको तौल घटाउन र सबैभन्दा बढी साथ दिएका हुन् ।’
रनिङ सबैभन्दा राम्रो ‘एक्सरसाइज’
फिटनेट एक्पर्ट समीर दाद खानले बताएका छन् कि तौल घटाउनका लागि सबैभन्दा राम्रो एक्सरसाइज दौड हो । यसले काफी क्यालोरी घटाउन सकिन्छ । साथै यदि डाइटमा ध्यान दियो भने धेरै छिटो तौल घटाउन सकिन्छ ।
नीताले रनिङ र टाइटमा ध्यान दिएर आफूलाई फिट बनाएकी हुन् । हामी तपाईलाई बताउँदै छौ कि नीता अम्बानी विहानदेखि बेलुकीसम्म कति नियम पालना गर्छिन् ।
नीता अम्बानीको फिटनेस सेक्रेट
नीता हरेक विहान ४० मिनेट एक्सरसाइज, योग र स्वीमिङ गर्छिन् । यसले उनलाई फट रहनका लागि प्रोत्साहन दिन्छ, जसले गर्दा धेरैभन्दा धेरै क्यालोरी कम गर्न मद्धत मिल्छ । साथै उनी डान्स पनि गर्छिन् । नृत्यले काफी मात्रामा क्यालोरी घटाउन मद्धत गर्छ । काम सकिएपछि नीता बेलुकी ३० मिनेटको एक्सरसाइज र योग गर्छिन् ।
डाइटमा केवल स्वस्थकर खानेकुरा मात्र
नीता दिनको सुरुवात बदाम र ओखर खाएर गर्दछिन् । विहान नास्तामा अम्लेट लिन्छिन् । साथी दिनभरको आफ्नो डाइटमा हेल्दी खानेकुरा मात्र समावेस गर्छिन्, जसमा कार्बोहाइड्रेडको मात्रा न्यून हुन्छ । लन्चमा धेरैजसो हरियो सागपात र सुप समावेस गर्छिन् । बेलुकी ४.३० तिर पनिर वा प्रोटिन रिच स्न्याक लिन्छिन् । रातिको डिनरमा हरियो तरकारी र स्प्राउट समावेस हुन्छ ।
स्ट्रेस फ्री लाइफ पनि हो सेक्रेट
नीता भन्छिन् केवल फिजिकल एक्सरसाइज र डाइटले मात्र वजन कन्ट्रोल हुँदैन् । यसका साथै ‘स्ट्रेस फ्री लाइफ’ पनि अति आवश्यक पर्छ । स्ट्रेस फ्री रहनाले भोक बढाउने हर्मनको मात्र कम हुन्छ । जसका कारण हामी धेरै खाना खानबाट बच्न सक्छौं । साथै सकारात्मक सोच साथ काम गर्न पनि एकदमै जरुरी छ ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री