छोरीका रुपमा निशा कौरलाई ‘एडप्ट’ गरेपछि एक पटक फेरि सन्नी लियोनी र डेनियल बेबरले आफ्ना फ्यानहरुलाई नयाँ खबर दिएका छन् । सन्नी केही हप्ताअघि जुम्ल्याहा छोराकी आमा बनेकी छिन् ।
उनीहरुले दुवैले आफ्ना छोराहरुको नाम अशार सिंह वेबर र नूह सिंह वेबर राखेका छन् । सन्नीले यो कुरा माइक्रोब्लगिङ साइट ट्वीटरमा पोष्ट गरेकी छिन् । ट्वीटरमा पोष्ट गरिएको फोटोमा सन्नी र डेनियल आफ्ना दुई वटा छोरासँगै देखिएका छन् ।
फोटोसँगै सन्नीले एउटा पोष्ट पनि गरेकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘भगवानको योजना । २१ जुन २०१७ त्यो दिन थियो, जब डेनियल र मैले यो अनुमान गरिसकेका थियौं कि अबको केही समयमै हाम्रा तीन वटा बच्चा हुनेछन् । हामीले योजना सहित फ्यामिली बनायौं । कयौ वर्षपछि अशार सिंह बेवर, नूह सिंह वेबर र निशा कोर वेबरसाथ हाम्रो परिवार पूर्ण भयो । हाम्रा छोराहरुको जन्म केही हप्ता पहिले भएको हो । तर, उनीहरु हाम्रो मुटु र आँखामा वर्षौदेखि जिउँदै थिए ।’
भावुक रुपमा प्रस्तुत भएकी सन्नीले अगाडि लेखेकी छिन्, ‘भगवानले हाम्रा लागि केही खास योजना बनाए र हामीलाई एक ठूलो परिवार दिए । अब हामी तीन सुन्दर बच्चाका गौरवशाली अभिभावक हौ । सबैका लागि सरप्राइज ।’
जुलाई २०१७ मा सन्नी र उनका पति डेनियलले महाराष्ट्रको लातुरबाट छोरी निशा कौरलाई ‘एडप्ट’ गरेका थिए । यसका लागि उनीहरुले त्यसको दुई वर्षअघि नै ‘अप्लाइ’ गरेका थिए ।
भारतीय समाचार माध्यमका रिपोर्टअनुसार सन्नीका दुई छोरा अशार र नूहको जन्म सेरोगेसीबाट भएको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा