दुबई, १५ फागुन – दुबई प्रहरीले भारतीय चर्चित अभिनेत्री श्रीदेवी कपूरको शव परिवारलाई हस्तान्तरण गरेको छ ।
परिवारलाई मृत शरीर हस्तान्तरण गर्नुपूर्व श्रीदेवीको मृत्युको मुद्दा दुबई प्रहरीले बन्द गरेको जनाएको थियो । सुरक्षित राख्ने आवश्यक उपाय गरेपछि उहाँको शवलाई अन्तिम संस्कारका लागि भारत लगिने छ ।
भारतीय सिनेमा जगतमा पहिलो प्रख्यात नायिका श्रीदेवीको शनिबार राति दुबईको एक सुविधासम्पन्न होटेलको कोठाभित्र निधन भएको थियो ।
‘दिवङ्गत भारतीय नायिका श्रीदेवीको निधन होटलको एक ‘वाथ टब’ मा एक्कासी बेहोस भएपछि डुबेर भएको ठहरिएको छ’, विधि विज्ञान परीक्षणपछि दुबई प्रहरीको मुख्यालयले सोमबार सार्वजनिक गरेको रिपोर्टलाई उद्धृत गर्दै दुबईको सरकारी सञ्चार संस्था ‘गल्फ न्यूज’ ले उल्लेख गरेको छ ।
वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको विधिविज्ञान परीक्षण प्रतिवेदनमा संयुक्त अरब इमिरेट्स (युएई) सरकारको स्वास्थ्य मन्त्रालयको छाप तथा दुबईको रोग निरोधक औषधि विभागका निर्देशक तथा वरिष्ठ चिकित्सक सामी वाडीको हस्ताक्षर छ ।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन मानिसहरू श्रीदेवीको मुम्बईस्थित घरबाहिर व्यग्रताका साथ भेला भएका भारतीय टेलिभिजनले देखाएका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते