मार्बल स्टुडियाको फिल्म ‘ब्ल्याक पैन्थर’ले बक्स अफिसमा जबरजस्त कमाइ गरिरहेको छ । फिल्मले पाँच दिनमा दुनियाँभरबाट २९०१ करोड रुपैयाँ कमाइसकेको छ । जुन रुपमा अहिले बक्स अफिसमा यो फिल्मले कमाइ गरिरहेको छ, त्यो हेर्दा लाग्छ यसले चाडै कयौं रेकर्डहरु बक्स अफिसमा कायम गर्नेछ ।
दुनियाँका सबैभन्दा १० कमाउने फिल्म आखिर कुन कुन हुन् त ? अब यो रोचक तथ्यलाई हेरौ कि यसरी आक्रमक कमाइ गरिरहेको सिनेमाले सर्वाधिक कमाउने सिनेमाहरुमा आफ्नो स्थान बनाउन छ कि बनाउँदैनन् त्यो भने हेर्नैपर्छ ।
निर्देशक जेम्स क्यामरनको सिनेमा ‘अवतार’ पछिल्लो ८ वर्षमा संसारको सबैभन्दा बढी कमाउने सिनेमा बनेको छ । १८ डिसेम्बर २००९ मा रिलिज भएको यो फिल्मले सन् १९९७ को सुपरहित फिल्म ‘टाइटनिक’ को रेकर्ड ब्रेक गरेको थियो । ‘टाइटनिक’ अहिले पनि दुनियाँ सबैभन्दा बढी कमाउने दोस्रो फिल्म हो ।
‘अवतार’ को वल्ड वाइड कलेक्सन १८०३३ करोड भारतीय रुपैयाँ रहेको थियो भने ‘टाइटनिक’को वल्ड वाइड कलेक्सन १४३०४ करोड भारतीय रुपैयाँ थियो ।
यस्तै सन् २०१५ मा रिलिज भएको ‘स्टार वार्स इपी ४ः द फोर्स अवाकेन्स’को विश्वब्यापी कलेक्सन १३३३५ करोड भारतीय रुपैयाँ रहेको थियो । सन् २०१५ मै रिलिज भएको ‘जुरासिक वल्ड’को संसारभरको कलेक्सन १०८२८ करोड भारतीय रुपैयाँ रहेको थियो ।
‘द एवेन्जर्स’ सन् २०१२ ले ९८४२ करोड भारतीय रुपैयाँ विश्वभरबाट आफ्नो खल्तीमा हालेको थियो भने सन् २०१५ मा रिलिज भएको ‘फ्युरियस ७’ को कमाइ ९५८३ करोड रुपैयाँ रहेको थियो ।
सन् २०११ को ‘ह्यारी पोर्टर एण्ड द डेथी हान्लोज ः पार्ट २’ को विश्वब्यापी कलेक्सन ९६८९ करोड भारतीय रुपैयाँ, सन् २००५ मा रिलिज भएको ‘एवेन्जुर्स ऐज अफ अल्ट्रोन’ ले ९१२१ करोड भारतीय रुपैयाँ र सन् २०१७ मा रिलिज भएको ‘स्टार वार्स इपी–६ः द लाष्ट जेडी २०१७’ ले विश्वब्यापी रुपमा ८५७१ करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो ।
यस्तै, सन् २०१३ को सिनेमा ‘फ्रान्जन’को विश्वब्यापी कमाइ ८२८३ करोड भारतीय रुपैयाँ रहेको थियो ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]