लन्डन । लोक दोहोरी र ठाडो भाकाका प्रख्यात गायक चन्द्र घले (पुराण काईंला) भिसी गजे घले अवार्डबाट सम्मानित भएका छन् । ल्होछारका अवसरमा हालै लमजुंगको बेशीशहरमा आयोजित एक समारोहमा घलेलाई भूतपूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमाणपत्रसहित एक लाख रुपैयां प्रदान गरे । लीःल फंग अन्तर्राष्ट्रिय समन्वय घले समाजले अवार्ड प्रदान गरेको हो ।
घलेले कलाकारितामा गरेको योगदान स्वरुप उक्त अवार्ड दिइएको लीःल फंग अन्तर्राष्ट्रिय समन्वय घले समाजका संयोजक धन घलेले बताए ।
नेपाली सांगीतिक आकाशमा चन्द्र घले लोक दोहोरी र ठाडो भाकाका गीतले परिचित छन् । उनलाई तीन चार रातसम्म लगातार गाउन सक्ने खुबी भएका कलाकारका रुपमा समेत लिइन्छ । गोरखा बारपाक, सुलीकोट गाउंपालिका वडा न १ निवासी उनलाई गाउंघरमा ‘पुराण काईंला’ उपनामले समेत बोलाउने गरिन्छ ।
बाल्यकालदेखि नै गीत गाउन रुची राख्ने पुराण काईंलाले घले भाषाका कयौं गीत र ठाडो भाकाका एल्बम समेत निकालेका छन् । उनले घले भाषामा ‘संगसो’, ‘श्युब- ख्यंड’ र ‘ङिन क्यचे’ (हाम्रो घले भाषा) निकालेका छन् । उनको गायिका कुमारी घलेसंग मिलेर ठाडो भाकाको नयां अल्बम समेत सार्वजनिक भएको छ । युट्यबमा समेत उनका गीत उपलव्ध छन् ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री