
सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत चलचित्र सम्बन्धी कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन लागु भएको विद्युतिय टिकेटिङ प्रणाली (बक्स अफिस) केन्द्रीय सर्भरको मंगलबार काठमाडौँको थापाथलीमा उदघाटन गर्दै । तस्वीर – भीष्मराज ओझा, रासस
काठमाडौँ, १ फागुन – सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्रसम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन लागू भएको विद्युतीय टिकेटिङ प्रणाली (बक्स अफिस) ले चलचित्र उद्योगलाई थप व्यवसायिक बनाउने बताउनुभएको छ ।
नेपाल चलचित्र विकास बोर्डको सक्रियतामा आजदेखि लागू भएको ‘बक्स अफिस’ को उद्घाटनपछि मन्त्री बस्नेतले अर्बौंको लगानी र हजारौँले रोजगारी पाएको चलचित्र क्षेत्र अब आर्थिक दृष्टिले समेत पारदर्शी हुने धारणा व्यक्त गर्नुभयो । विगतमा ‘बक्स अफिस’ लागू गर्ने सम्बन्धमा धेरै बहस भए पनि आवश्यक समन्वयको कमीले लागू हुन नसकेको बताउँदै उहाँले सरोकारयुक्त सबैको सहयोग र सक्रियताले आजदेखि लागू भएकामा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा चलचित्र बोर्डका अध्यक्ष निकिता पौडेलले बोर्डको लगानी र सक्रियतामा ‘बक्स अफिस’ लागू हुन लागेको अवगत गराउँदै यसलाई सफल बनाउन सरोकारयुक्त सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा बोर्डका सदस्य नरेन्द्र महर्जन, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतले ‘बक्स अफिस’ ले चलचित्र क्षेत्र व्यस्थित र थप मर्यादित भई उद्योगका रुपमा स्थापना हुने धारणा व्यक्त गर्नुभयो ।
यही फागुन ७ गतेभित्र काठमाडौँ उपत्यकाका सम्पूर्ण विद्युतीय टिकेटिङ प्रणाली जडान भएका मल्टिप्लेक्स चलचित्र घरमा चलचित्र घर र केन्द्रीय सर्भरबीच लिंक गर्न आवश्यक उपकरण उपलब्ध गराइने बोर्डले जनाएको छ । केन्द्रीय सर्भर काठमाडौँको थापाथलीमा स्थापना गरिएको छ । पहिलो चरणमा उपत्यकामा लागू गर्न आगामी असार ३१ गतेसम्म उपत्यकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण चलचित्रघरमा विद्युतीय टिकेटिङ प्रणाली जडान गरी केन्द्रीय सर्भरसम्म लिंक गरेर पूर्णरुपमा लागू गरिने बताइएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]