लन्डन । युकेमा सांगीतिक कार्यक्रममा व्यस्त गायिका मिलन अमात्यले युकेमै नयां गीत रेकर्ड गर्न समय निकालेकी छिन् ।
युकेमै रहेका गायक तथा संगीतकार बिसी राईसित उनले ‘कहांको जन्म कहांको मरन…’ बोलको गीत रेकर्ड गरेकी छिन् । सो गीत यही शनिबार आसफोर्डमा हुने आफ्नो कन्सर्टमा मिलनले गाउने बताइएको छ ।
युकेमा पहिलो गीत रेकर्ड गर्दा खुशी थपिएको गायिका अमात्यले फेसबुक मार्फत बताएकी छिन् ।
केही समयपछि सो गीतको म्यूजिक भिडियो पनि निर्माण गर्ने तयारी भएको छ ।
इ मिडिया हब युकेको आयोजनामा युके आएकी मिलनले अहिलेसम्म तीनवटा कार्यक्रम गरिसकेकी छिन् ।
अमात्यको फेब्रुअरी १० मा आसफोर्ड, १८ मा उलवीच, ३ मार्चमा अल्डरसट र ५ मार्चमा फ्रान्सको पेरिस लगायत अन्य स्थानहरुमा पनि कार्यक्रम हुने तयारी भएको जानकारी आयोजकले दिएका छन् ।
युके बसाई व्यस्त भएको प्रतिक्रिया दिंदै उनले स्कटल्याण्ड र स्वीटजरल्यान्ड भ्रमणको योजना पनि बनिरहेको बताइन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते