नायक आर्यन सिग्देलको फिल्म ‘कायरा’ को सुटिङ क्रममा साम्राज्ञी राज्यलक्ष्मी शाह फिलिपिन्स पुगेकी थिइन् । इन्सटाग्राम, फेसबुकमा सक्रिय यी नायिकाको इन्सटामा त्यहीबाट एउटा ‘ट्याटु’ खोपिएको तस्विर सार्वजनिक भयो ।
जसमा साम्राज्ञीको दायातर्फको बक्षस्थलको तलको भागमा ट्याटु खोपिएको थियो । उक्त ट्याटुयुक्त फोटो इन्सटाग्राममा सार्वजनिक भएलगतै भाइरल बन्यो । अनलाइन मिडियाहरुले सनसनी समाचार पस्के ।
‘कायरा’ फिल्म सुटिङका क्रममा साम्राज्ञीले नक्कली ट्याटु बनाएको भनेर कतिले समाचार बनाए । कतिसम्म भने उनले बनाएको अनौठो ट्याटुले बजार मात्रै गर्माएन, सयौं गसिपहरु लेखिए ।
त्यसो भए त्यो ट्याटुको वास्तविकता के थियो ? साम्राज्ञी आफैले केही अनलाइनलाई त्यो फोटो आफूले ‘लिक’ नगरेको भनेर प्रष्टीकरण दिएकी छिन् ।
उनले आफूले ट्याटु खोपाएको स्वीकार गरेकी छन् तर त्यो आफूले बाहिर लिक नगरेको उनको भनाइ छ । भएको के रहेछ भने उनका ट्याटु आर्टिष्टले ट्याटु बनाएछन् । त्यसपछि उनले फेसबुक पेजमा राख्नु भनेर अनुमति पनि मागेछन् ।
साम्राज्ञीलाई लागेछ–अनुहार हटाएर राख्लान । तर, साम्राज्ञी फ्यान पेजमा फोटो अनुहारसहितको नै आएछ । त्यसपछि त के लागोस र फोटो एकाएक भाइरल भइदियो । कतिपयले उनको उक्त ट्याटुलाई लिएर आलोचना समेत गरेका छन् ।
साम्राज्ञीको बक्षस्थलमा ट्याटु खोज्ने आर्टिष्टले अहिले आएर माफी मागेका छन् । उनले माफी माग्दै लेखेका छन्, ‘मैले साम्राज्ञीको अनुमति नमागी फोटो अपलोड गरे, म रिग्रेट फिल गरिरहेको छु । प्लीज साम्राज्ञीलाई सपोर्ट गरिरहनुहोस् ।’
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’