दीपिका पादुकोण फिल्म ‘पदमावत’ ले राम्रो ‘रेस्पोन्स’ पाएको छ । फिल्मले ८ दिनमा करिब १६६.५० करोड भारतीय रुपैयाँ कमाएको छ । ‘ट्रेण्ड एनालिष्ट’ तरण आदर्शलाई मान्ने हो भने फिल्म चाडै २ सय करोडको क्लबमा सामेल हुनेछ ।
दीपिकाले यसबाहेक कयौ सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । उनका फिल्महरुले बक्स अफिसमा जब्बर रुपमा कमाइ पनि गरेका छन् । यसअघि उनको फिल्म ‘चेन्नई एक्सप्रेस’ ले २ सय ६६ करोड भारतीय रुपैयाँ कमाएको थियो ।
‘ह्याप्पी न्यु इयर’ ले २ सय ३ करोड भारतीय रुपैयाँ कमायो । सन् २०१३ मा रिलिज भएको ‘ये जवानी है दिवानी’ ले १ सय ९० करोड कमाइ गरयो ।
सन २०१५ मा रिलिज भएको लभस्टोरी ऐतिहासिक सिनेमा ‘बाजीरावो मस्तानीले’ १८० करोड खल्तीमा पारयो । सन् २०१३ को अर्को सिनेमा ‘गोलियो की रासलीला रामलीला’ ले १ सय १० करोड र सन् २०१३ कै ‘रेस २’ ले १ सय २ करोड कमाइ गरेको थियो ।
यस्तै, सन् २००७ मा रिलिज भएको ‘ओम शान्ति ओमले’ ७९ करोड, २०१५ मा रिलिज भएको ‘पीकू’ ले पनि ७९ करोड नै कमाइ गरेको थियो । बलिउडकी सफल अभिनेत्री मानिने दीपिकाको सन् २०१२ मै रिलिज भएको ‘ककटेल’ र सन् २०१० मा रिलिज भएको ‘हाउसफूल’ ले समान ७६ करोड रुपैया कमाए ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]