बलिउडकी सुन्दरी नायिका तथा विजनेश वुमन प्रिति जिन्टा ४३ वर्षकी भएकी छिन् । ३१ जनवरी १९७५ मा उनी सिमला हिमाञ्चल प्रदेशमा जन्मिएकी हुन् । जब उनी १३ वर्षकी हुँदा एक कार दुर्घटनामा उनले बुवा दुर्गानन्द जिन्टालाई गुमाइन् ।
यो दुर्घटनापछि उनकी आमा नीलप्रभा दुई वर्षसम्म बेडमा रहिन् । र, त्यसपछि उनको पनि निधन भयो । प्रितिका दुई भाई छन् दीपांकर र मनिष । दीपांकर त्यो बेला स्थल सेनाका अधिकारी थिए र मनिष क्यालिफोर्नियामा बस्थे ।
प्रितिले सुरुवाती ‘स्कुलिङ’ सिमलाको कान्वेन्ट अफ जिसस र मेरी स्कुलमा पुरा गरेकी हुन् । त्यसपछि उनी द लरेन्स कलेज जोइन भइन् । कलेजको पढाइ उनले सिमलाको सेन्ट बेडेस कलेजबाट पूरा गरिन् । प्रिति जिन्टाले पोष्ट क्रिमिनल साइकोलोजीमा पोष्ट ग्राजुयसन गरेकी छिन् ।

प्रितिले आफ्नो करिअर फिल्मबाट नभई विज्ञापनबाट गरेकी थिइन् । सन् १९९६ मा एक साथीको ‘बर्थ डे पार्टी’ को बेला उनको भेट एक निर्देशकसँग भयो । उनलाई पहिलो विज्ञापन एक चकलेट ब्राण्डको मिलेको थियो, त्यसपछि उनी साबुनको विज्ञापनमा पनि देखिइन् ।
सन् १९९७ मा प्रीति जिन्टा आफ्नो साथीसँग एक अडिसनका लागि गएकी थिइन्, उनको भेट निर्देशक शेखर कपुरसँग भयो । कपुरले प्रितिलाई आफ्नो फिल्म ‘तारा रम पम’ का लागि अनुबन्ध गरे । ऋतिक रोशनले खेल्ने तय भएको यो फिल्म अन्तिममा कुनै कारणले ‘क्यान्सिल’ भयो ।
त्यसपछि प्रीतिले कुन्दन शाहको फिल्म ‘क्या कहाना’–२००० मा साइन गरिन् । तर, यसका पहिलो निर्देशक मणि रत्नमको ‘दिल से’–१९९८ रिलिज भयो र यो नै प्रीतिको डेब्यु फिल्म बन्यो । तर, उनको पहिलो लिड रोल ‘सोल्जर’–१९९८ मा थियो ।
प्रितिले ‘हर दिन जो प्यार करेगा’, ‘दिल चाहता है’, ‘कोइ मिल गया’, र ‘हिरोज’ जस्ता फिल्ममा काम गरिन् । अन्तिम पटक उनी सन् २०१४ मा रिलिज भएको ‘ह्याप्पी इन्डिङ’ मा देखिएकी थिइन् ।
अहिले भने उनी पति जीन गुड इनफसँग विवाहित जीवनको मस्ती लिइरहेकी छिन् । उनी आइपिएल टिम किंग्स इलेभन पञ्जाबकी मालिक पनि हुन् ।
सनी देओलसँगको उनको एक फिल्म ‘भैयाजी सुपरहिट’ लगभग तयार छ । तर, अहिलेसम्म यसको रिलिज डेट तय भएको छैन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा