बलिउडकी सुन्दरी नायिका तथा विजनेश वुमन प्रिति जिन्टा ४३ वर्षकी भएकी छिन् । ३१ जनवरी १९७५ मा उनी सिमला हिमाञ्चल प्रदेशमा जन्मिएकी हुन् । जब उनी १३ वर्षकी हुँदा एक कार दुर्घटनामा उनले बुवा दुर्गानन्द जिन्टालाई गुमाइन् ।
यो दुर्घटनापछि उनकी आमा नीलप्रभा दुई वर्षसम्म बेडमा रहिन् । र, त्यसपछि उनको पनि निधन भयो । प्रितिका दुई भाई छन् दीपांकर र मनिष । दीपांकर त्यो बेला स्थल सेनाका अधिकारी थिए र मनिष क्यालिफोर्नियामा बस्थे ।
प्रितिले सुरुवाती ‘स्कुलिङ’ सिमलाको कान्वेन्ट अफ जिसस र मेरी स्कुलमा पुरा गरेकी हुन् । त्यसपछि उनी द लरेन्स कलेज जोइन भइन् । कलेजको पढाइ उनले सिमलाको सेन्ट बेडेस कलेजबाट पूरा गरिन् । प्रिति जिन्टाले पोष्ट क्रिमिनल साइकोलोजीमा पोष्ट ग्राजुयसन गरेकी छिन् ।

प्रितिले आफ्नो करिअर फिल्मबाट नभई विज्ञापनबाट गरेकी थिइन् । सन् १९९६ मा एक साथीको ‘बर्थ डे पार्टी’ को बेला उनको भेट एक निर्देशकसँग भयो । उनलाई पहिलो विज्ञापन एक चकलेट ब्राण्डको मिलेको थियो, त्यसपछि उनी साबुनको विज्ञापनमा पनि देखिइन् ।
सन् १९९७ मा प्रीति जिन्टा आफ्नो साथीसँग एक अडिसनका लागि गएकी थिइन्, उनको भेट निर्देशक शेखर कपुरसँग भयो । कपुरले प्रितिलाई आफ्नो फिल्म ‘तारा रम पम’ का लागि अनुबन्ध गरे । ऋतिक रोशनले खेल्ने तय भएको यो फिल्म अन्तिममा कुनै कारणले ‘क्यान्सिल’ भयो ।
त्यसपछि प्रीतिले कुन्दन शाहको फिल्म ‘क्या कहाना’–२००० मा साइन गरिन् । तर, यसका पहिलो निर्देशक मणि रत्नमको ‘दिल से’–१९९८ रिलिज भयो र यो नै प्रीतिको डेब्यु फिल्म बन्यो । तर, उनको पहिलो लिड रोल ‘सोल्जर’–१९९८ मा थियो ।
प्रितिले ‘हर दिन जो प्यार करेगा’, ‘दिल चाहता है’, ‘कोइ मिल गया’, र ‘हिरोज’ जस्ता फिल्ममा काम गरिन् । अन्तिम पटक उनी सन् २०१४ मा रिलिज भएको ‘ह्याप्पी इन्डिङ’ मा देखिएकी थिइन् ।
अहिले भने उनी पति जीन गुड इनफसँग विवाहित जीवनको मस्ती लिइरहेकी छिन् । उनी आइपिएल टिम किंग्स इलेभन पञ्जाबकी मालिक पनि हुन् ।
सनी देओलसँगको उनको एक फिल्म ‘भैयाजी सुपरहिट’ लगभग तयार छ । तर, अहिलेसम्म यसको रिलिज डेट तय भएको छैन् ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]