निर्देशक सन्जय लीला भन्सालीको फिल्म ‘पद्यावत’ ले घरेलु बक्स अफिसमा जबरजस्त कमाइ गरेको छ । बिहीबार रिलिज भएको फिल्मले दुई दिनमै ५० करोडको आँकडा पार गरेको छ ।
पहिलो दिन फिल्मले घरेलु बक्स अफिसमा १९ करोड रुपैयाँ कमायो । दोस्रो दिन यसले वम्पर कलेक्सन गर्दै ३२ करोड रुपैयाँ कमाएको छ ।
बुधबार फिल्मको पेड प्रिभ्यु राखिएको थियो, जसको कलेक्सन ५ करोड रुपैयाँ रहेको थियो । यो समेत जोड्दा फिल्मले भारतमा मात्रै ५६ करोड रुपैयाँ कमाइसकेको छ ।
फिल्म चार राज्य राजस्थान, मध्य प्रदेश, गुजरात र गोवामा रिलिज गरिएको छैन् । यसका अलावा युपी, विहार, हरियाणा र पन्जाबसहितका कयौं अन्य सहरहरुमा श्री राजपुत करनी सेनाको प्रदर्शनका कारण कयौं चलिरहेका शोहरु रद्ध गरिएको थियो ।
दोस्रो दिन शुक्रबार फिल्म विरुद्धको माहौल त्यति गरम थिएन । अझ यसले शनिबार र आइतबार बढी कमाइ गर्ने विश्वास गरिएको छ । कतिसम्म भने फिल्मले ४ दिनमै १ सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा