मुम्बई- भारतमा सर्वाधिक विवादमा तानिएको फिल्म ‘पद्मावत’ शुक्रबार रिलिज भएको छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो फिल्म ७ हजार स्क्रिनमा रिलिज भएको हो ।
भारतका ४ राज्यका मल्टिप्लेक्स र थिएटर स्क्रीनले भने फिल्म चलाएनन् । तर, फिल्मले पहिलो दिनमै १८ करोड कमाइ गरेको छ । ट्रेड एनालाइस्ष्टि सुमिल कडेलले चार राज्यमा विरोधका बाबजुद फिल्मले पहिलो दिनमै १८ करोड कमाएको ट्वीटरमा उल्लेख गरेका छन् ।
उनकाअनुसार यदि शान्तिपूर्ण अवस्थामा देशका सबै फिल्म हलमा फिल्म चलेको भए ३० करोड हाराहारीमा ‘कलेक्सन’ गर्न सक्ने सम्भावना थियो । चार राज्यमा श्री राजपुत करनी सेनाका कारण फिल्म चल्न नसकेपछि पहिलो दिनमा १० देखि १२ करोड रुपैयाँ घाटा भएको छ ।
फिल्म करिब १ सय ८० करोड रुपैयाँमा निर्माण भएको हो । त्यसबाहेक थप २० करोड रुपैयाँ फिल्मको अरु पक्षमाथि खर्च गरिएको बताइएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा