लण्डन । अभिनेता भुवन केसी र उनका सुपुत्र नायक अनमोल केसी भोलि शनिबार लण्डन आउने भएका छन्।
लामो प्रतिक्षा र प्रचार प्रसार गरिएको फिल्म ‘कृ’ को एउटा गीत सुटिङका लागि उनीहरु लण्डन आउन लागेको सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रोप्राइटर सपनकुमार राईले जानकारी दिए । उनीहरुसँग नायिका अदिती बुढाथोकी पनि आउने छिन् ।
स्कट्ल्यान्डमा गीतको सुटिङ सकेर पाँच दिनपछि केसी बाबु छोरा नेपाल फर्कने राईले बताए ।
‘कृ’ को यती यती पानी… गीत फिल्म रिलिज नहुँदै हिट भइसकेको छ । यस फिल्ममा अनमोललाई फरक अबतारमा देख्न पाइने छ । ‘कृ’ मा अनमोलले नेपाली फिल्म इतिहासमै सबैभन्दा बढि पारिश्रमिक लिएको चर्चा समेत छ ।
कृ’ को बेलायत प्रदर्सन अधिकार सपनकुमार राईलाई
सपनकुमार राईले नै उक्त फिल्मको बेलायत प्रदर्सन अधिकार लिएका छन् । फिल्म यही फेब्रुअरीदेखि बेलायतका बिभिन्न शहरमा शो गरिने सपनले जनाए ।
राईले यसअघि पनि बेलायतमा भुवनको ‘ड्रिम्स’ देखाएका थिए ।
उनले बेलायतमै सुटिङ गरिएका ‘हेप्पी डेज’, ‘लिलीबिली’ र ‘इन्टु मिन्टु लण्डन’ मा फिल्मका लागि पनि ठूलो सहयोग गरेका थिए ।
‘कार्यक्रम आयोजना बाहेक नेपाली फिल्मको बिकासका लागि पनि मैले सक्दो योगदान दिए जस्तो लाग्छ’, उनी भन्छन् ।
तस्बिर- कुशल श्रेष्ठ
कृ’ को यती यती पानी… गीतको भिडियो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा