लण्डन । अभिनेता भुवन केसी र उनका सुपुत्र नायक अनमोल केसी भोलि शनिबार लण्डन आउने भएका छन्।
लामो प्रतिक्षा र प्रचार प्रसार गरिएको फिल्म ‘कृ’ को एउटा गीत सुटिङका लागि उनीहरु लण्डन आउन लागेको सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रोप्राइटर सपनकुमार राईले जानकारी दिए । उनीहरुसँग नायिका अदिती बुढाथोकी पनि आउने छिन् ।
स्कट्ल्यान्डमा गीतको सुटिङ सकेर पाँच दिनपछि केसी बाबु छोरा नेपाल फर्कने राईले बताए ।
‘कृ’ को यती यती पानी… गीत फिल्म रिलिज नहुँदै हिट भइसकेको छ । यस फिल्ममा अनमोललाई फरक अबतारमा देख्न पाइने छ । ‘कृ’ मा अनमोलले नेपाली फिल्म इतिहासमै सबैभन्दा बढि पारिश्रमिक लिएको चर्चा समेत छ ।
कृ’ को बेलायत प्रदर्सन अधिकार सपनकुमार राईलाई
सपनकुमार राईले नै उक्त फिल्मको बेलायत प्रदर्सन अधिकार लिएका छन् । फिल्म यही फेब्रुअरीदेखि बेलायतका बिभिन्न शहरमा शो गरिने सपनले जनाए ।
राईले यसअघि पनि बेलायतमा भुवनको ‘ड्रिम्स’ देखाएका थिए ।
उनले बेलायतमै सुटिङ गरिएका ‘हेप्पी डेज’, ‘लिलीबिली’ र ‘इन्टु मिन्टु लण्डन’ मा फिल्मका लागि पनि ठूलो सहयोग गरेका थिए ।
‘कार्यक्रम आयोजना बाहेक नेपाली फिल्मको बिकासका लागि पनि मैले सक्दो योगदान दिए जस्तो लाग्छ’, उनी भन्छन् ।
तस्बिर- कुशल श्रेष्ठ
कृ’ को यती यती पानी… गीतको भिडियो
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते