शरीरमा ट्याटु खोपेकी युवती मिस नेपालका लागि ‘अयोग्य’

काठमाडौं–मिस नेपाल–२०१८ का लागि आवेदन खुल्ला भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर आयोजक संस्था हिडेन ट्रेजरले प्रतियोगितामा भाग लिनका लागि दरखास्त आव्हान गर्दै सहभागीहरुका लागि विभिन्न मापदण्डहरु तोकेको छ ।

आयोजककाअनुसार मिस नेपालको प्रतियोगी हुन शरीरमा ट्याटु खोपेको नहुनुपर्ने,  प्लस टु पास गरेको, १९ देखि २४ वर्षको, नेपाली नागरिकता वा पासपोर्ट भएको हुनुपर्ने, ५.४ इन्च भन्दा माथि हाइट भएको, बिहे नगरेको तथा बच्चा नजन्माएको हुनुपर्नेछ । प्रतियोगितामा भाग लिनका लागि १५ फ्रेबुअरीसम्म आवेदन बुझाइसक्नुपर्नेछ ।

प्रतियोगिताका लागि नेपालका प्रमुख ९ सहरमा अडिसन आयोजना गरिने पनि सो अवसरमा जानकारी दिइएको थियो । ९ सहरहरु बिर्तामोड, धरान, वीरगन्ज, काठमाडौं, चितवन, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा अडिसन मार्फत सहभागीहरु छनोट गरिनेछ ।

४ देखि १७ फ्रेबुअरीसम्म अडिसनबाट प्रतियोगीहरु छनोट गरिनेछन् । प्रतियोगिताको फाइनल भने ११ अप्रिलका दिन काठमाडौमा हुने अायोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री