काठमाडौं–मिस नेपाल–२०१८ का लागि आवेदन खुल्ला भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर आयोजक संस्था हिडेन ट्रेजरले प्रतियोगितामा भाग लिनका लागि दरखास्त आव्हान गर्दै सहभागीहरुका लागि विभिन्न मापदण्डहरु तोकेको छ ।
आयोजककाअनुसार मिस नेपालको प्रतियोगी हुन शरीरमा ट्याटु खोपेको नहुनुपर्ने, प्लस टु पास गरेको, १९ देखि २४ वर्षको, नेपाली नागरिकता वा पासपोर्ट भएको हुनुपर्ने, ५.४ इन्च भन्दा माथि हाइट भएको, बिहे नगरेको तथा बच्चा नजन्माएको हुनुपर्नेछ । प्रतियोगितामा भाग लिनका लागि १५ फ्रेबुअरीसम्म आवेदन बुझाइसक्नुपर्नेछ ।
प्रतियोगिताका लागि नेपालका प्रमुख ९ सहरमा अडिसन आयोजना गरिने पनि सो अवसरमा जानकारी दिइएको थियो । ९ सहरहरु बिर्तामोड, धरान, वीरगन्ज, काठमाडौं, चितवन, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा अडिसन मार्फत सहभागीहरु छनोट गरिनेछ ।
४ देखि १७ फ्रेबुअरीसम्म अडिसनबाट प्रतियोगीहरु छनोट गरिनेछन् । प्रतियोगिताको फाइनल भने ११ अप्रिलका दिन काठमाडौमा हुने अायोजकले जनाएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते