विश्वकै सर्वाधिक धनी ब्यक्तिमा गनिन्छन्– विल गेट्स र उनकी श्रीमती मेलिण्डा । सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् ।
पछिल्लो एक वर्ष उनले आफ्नो ब्वाइफ्रेण्डसँग कुवेतसहितका संसारका अलग–अलग देशमा समय बिताइन् । यो दौरान उनले संसारभरका घोड सवारी प्रतियोगितामा पनि भाग लिइन् र त्यसको फोटोहरु सेयर पनि गरिन् । अप्रिल १९९६ मा जन्मिएकी जेनिफर बिल र मेलिण्डाका सबैभन्दा जेठी छोरी हुन् । उनका पिता जो माइक्रोसफ्टका कारण संसारभर प्रसिद्ध छन् । तर, जेनिफरलाई १४ वर्षसम्म फोन बोक्न दिइएको थिएन ।
जेनिफर र उनका भाइबहिनीले आफ्ना पिताको सिएटलमा रहेको प्राइभेट लेक हाइस्कुलबाट पढाइ सुरु गरेका थिए । त्यसपछि उनीहरु उच्च शिक्षाका लागि स्ट्यानफोर्ड युनिभर्सिटी गइन् । उनी घोड सवारीकै सौखिन छिन् र ६ वर्षको उमेरदेखि नै राइडिङ गरिरहेकी छिन् । उनी आफ्नो घोडाको तारिफ गरेर कहिल्यै थाक्दिनन् । उनी सुपर स्वीट र कन्फिडेन्टले भरिएकी छिन् ।
बिल गेट्सले उनको यो ‘प्यासन’ लाई सपोर्ट गर्नका लागि फ्लोरिडाको बेलिङगटनमा एक प्रोपर्टी खरिद गरेका छन् । यहाँ किनिएको बंगलाको मुल्य ५३ करोड रुपैयाँ रहेको बताइएको छ ।
यो बंगला पाम बीचको धेरै नजिक छ । जहाँ प्रत्येक वर्ष विन्टर इक्वेष्ट्रेन फेस्टिबल हुने गर्छ । यो फेस्टिबलमा हरेक वर्ष ४९ राज्य, ३० देशका २ हजार ८ सय घोडा सवार प्रतिस्पर्धा गर्छन् । संयुक्त राज्य अमेरिकाको इक्वेष्ट्रेन फेडरेशनले जेनिफरलाई शो जम्पिङमा १९ औं नम्बरमा राखेको छ । उनी घोडा सवारीका सबै प्रख्यात कम्पिटीसनहरु सहभागी भइसकेकी छिन् ।
गेट्सले द हर्स नेटवर्कको भनेकी छन कि उनले आफ्नो स्कुल र हर्स राइडिङमा सन्तुलन बनाइसकेकी छन् । उनी भन्छिन्, ‘यी दुवै चीजले जीवनलाई निकै ब्यस्त बनाएका छन्, तर मलाई यी दुवै चीज मन पर्छन् ।’

घुमफिर उनको ‘ग्ल्यामरस लाइफ’ को हिस्सा नै हो । पछिल्लो एक वर्ष उनले आफ्नो ब्वाइफ्रेण्ड नाएल नस्सरसँग घुमफिरका तस्विरहरु सोसल मिडियामा सेयर गरेकी थिइन् । नाइल पनि प्रसिद्ध शो जम्पर हुन् ।
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा मनायो मंगल बुद्ध विहार यूकेले २५७०औँ बुद्ध जयन्ती [तस्बिरहरु]
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]