ऋतिक रोशन फेरि एकपटक विवाह गर्ने विषयमा सोचिरहेका छन् । मिडियाहरुमा पनि उनको विवाहका विषयमा काफी चर्चा हुन थालेको छ ।
रोचक त के भने ऋतिकले विवाह गर्न खोजेकी युवती अरु कोही नभएर उनकी ‘एक्स वाइफ’ सुजैन खान नै हुन् । भारतीय मिडियाहरुका अनुसार करिब ३ वर्ष पहिले सुजैनलाई ‘डिभोर्स’ दिएका ऋतिक एक पटक फेरि आफ्नी एक्स वाइफसँग विवाह गर्ने विषयमा सोचिरहेका छन् ।
उनीहरु दुवै अक्सर आपसमा क्वालिटी टाइम पनि बिताइरहेको देखिन्छ । एक पपुलर बेबसाइटकाअनुसार दुवैका एक नजिकका साथीकाअनुसार ऋतिक र सुजैन फेरि एक हुने विषयमा छलफल गरिरहेका छन् । आफ्नो सम्बन्धलाई लिएर भएको विवादका विषयमा उनीहरुले अहिले राम्रैसँग बुझिसकेका छन् ।
उनीहरुका दुई वटा बच्चा ऋहान र ऋदानका लागि पनि उनीहरु सँगै हुने सम्भावना बढी रहेको बताइएको छ । अहिले उनीहरु बच्चाहरुसँगै अक्सर आउटिङ र रेष्टुरेन्ट बाहिर पनि देखिने गरेका छन् । उनीहरु बच्चाको उचित लालनपालनमा आमा र बुवा दुवैको कमी हुन नदिनका लागि पनि एक हुने निर्णयमा पुग्न लागेका हुन् ।
१० जनवरीमा ऋतिकले आफ्नो ४४ औं वर्थ डे मनाएका थिए । यस मौकामा उनकी एक्स वाइफ सुजैनले ऋतिकको फोटो सेयर गर्दै आफ्नो लाइफको ‘सनसाइन’ भनेर लेखेकी थिइन् ।
जतिबेला कंगनाले ऋतिकमाथि गम्भीर आरोपहरु लगाएकी थिइन् । त्यतिबेला पनि सबैभन्दा पहिले सुजैन ऋतिकको पक्षमा खडा भएकी थिइन् ।
१६ डिसेम्बर २०१३ मा उनीहरु दुवैले आफ्नो १७ वर्ष लामो दाम्पत्य सम्वन्ध टुंग्याएका थिए । त्यही बेलादेखि दुवै सन्तान ऋतिकसँग बस्दैं आएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा