ऋतिक रोशन फेरि एकपटक विवाह गर्ने विषयमा सोचिरहेका छन् । मिडियाहरुमा पनि उनको विवाहका विषयमा काफी चर्चा हुन थालेको छ ।
रोचक त के भने ऋतिकले विवाह गर्न खोजेकी युवती अरु कोही नभएर उनकी ‘एक्स वाइफ’ सुजैन खान नै हुन् । भारतीय मिडियाहरुका अनुसार करिब ३ वर्ष पहिले सुजैनलाई ‘डिभोर्स’ दिएका ऋतिक एक पटक फेरि आफ्नी एक्स वाइफसँग विवाह गर्ने विषयमा सोचिरहेका छन् ।
उनीहरु दुवै अक्सर आपसमा क्वालिटी टाइम पनि बिताइरहेको देखिन्छ । एक पपुलर बेबसाइटकाअनुसार दुवैका एक नजिकका साथीकाअनुसार ऋतिक र सुजैन फेरि एक हुने विषयमा छलफल गरिरहेका छन् । आफ्नो सम्बन्धलाई लिएर भएको विवादका विषयमा उनीहरुले अहिले राम्रैसँग बुझिसकेका छन् ।
उनीहरुका दुई वटा बच्चा ऋहान र ऋदानका लागि पनि उनीहरु सँगै हुने सम्भावना बढी रहेको बताइएको छ । अहिले उनीहरु बच्चाहरुसँगै अक्सर आउटिङ र रेष्टुरेन्ट बाहिर पनि देखिने गरेका छन् । उनीहरु बच्चाको उचित लालनपालनमा आमा र बुवा दुवैको कमी हुन नदिनका लागि पनि एक हुने निर्णयमा पुग्न लागेका हुन् ।
१० जनवरीमा ऋतिकले आफ्नो ४४ औं वर्थ डे मनाएका थिए । यस मौकामा उनकी एक्स वाइफ सुजैनले ऋतिकको फोटो सेयर गर्दै आफ्नो लाइफको ‘सनसाइन’ भनेर लेखेकी थिइन् ।
जतिबेला कंगनाले ऋतिकमाथि गम्भीर आरोपहरु लगाएकी थिइन् । त्यतिबेला पनि सबैभन्दा पहिले सुजैन ऋतिकको पक्षमा खडा भएकी थिइन् ।
१६ डिसेम्बर २०१३ मा उनीहरु दुवैले आफ्नो १७ वर्ष लामो दाम्पत्य सम्वन्ध टुंग्याएका थिए । त्यही बेलादेखि दुवै सन्तान ऋतिकसँग बस्दैं आएका छन् ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु