
मुम्बई । सलमान खान र उनकी पूर्व प्रेमिका ऐश्वर्या राय बच्चन पहिलो पटक बक्स अफिसमा भिड्दैछन् । ऐश्वर्या र अनिल कपुर अभिनित ‘फन्ने खान’ र सलमान खान-ज्याकलिन फर्नाडिस अभिनित ‘रेश–३’ एउटै मितिमा प्रदर्शन हुने भएको छ । दुबै फिल्म आउंदो १५ जुनमा रिलिज हुने भएपछि भिडन्त पक्का भएको हो । यो भिडन्तले कसलाई फाइदा र कसलाई बेफाइदा हुने हो अहिल्यै भन्न सकिन्न । यति पक्का हो भिडन्त भएपछि दुई मध्ये एकलाई घाटा निश्चित छ ।
सन् २०१७ को सुरुमा शाहरुख खान र ऋतिक रोशन भिडेका थिए । शाहरुख अभिनित ‘रइस’ र ऋतिक अभिनित ‘काबिल’ एउटै मितिमा प्रदर्शन हुँदा दुबैलाई घाटा भयो । तुलनात्मक रुपमा ‘रइस’ को ब्यापार राम्रो भएपनि एउटै मितिमा फिल्म रिलिज हुँदा दुबैलाई घाटा भएको निष्कर्ष फिल्मी पण्डितहरुले निकालेका थिए । सलमान र ऐश्वर्या मात्रै होइन, अन्य केही कलाकारको फिल्मबीच मज्जैको भिडन्त हुने भएको छ बलिउड बक्स अफिसमा ।
बलिउडमा सार्वजनिक भएको फिल्म प्रदर्शनको सूची अनुसार १३ अप्रिलमा भारतको अहिलेसम्मकै महंगो भनिएको २.० र अक्टुबर प्रदर्शन हुने भएको छ । २.० मा रजनीकान्त र अक्षयकुमारले अभिनय गरेका छन् भने अक्टुवरमा वरुण धवनले मुख्य भुमिका निर्वाह गरेका छन् ।
जोन अब्राहम अभिनित ‘परमाणु’ र रानी मुखर्जी अभिनित ‘हिचकी’ पनि एउटै मिति २३ फेब्रुअरीमा प्रदर्शन हुने भएको छ । पछिल्लो समय चर्चामा रहेकी कंगना रनौत अभिनित मणिकर्णिका र टाइगर श्राफ अभिनित बागी पनि एउटै मितिमा प्रदर्शन हुने भएको छ । २७ अप्रिलमा प्रदर्शन हुने दुबै फिल्मका कलाकारले आफ्नो महत्वकांक्षी फिल्म दावी गर्दै आएका छन् ।
२६ वर्षपछि अमिताभ र ऋषिकपुर
अमर अकबर एन्थोनी, कभी कभी, नसीब जस्ता फिल्ममा एकसाथ देखिएका अमिताभ बच्चन र ऋषि कपुरले २६ वर्षपछि स्क्रिन शेयर गरेका छन् । उनीहरुले अभिनय गरेको ‘१०२ नट आउट’ यही वर्ष रिलिज हुने भएको छ । हेर्न बाँकी छ उनीहरुको जोडीको प्रभाव दर्शकमा कस्तो पर्ने छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार