मुम्बई, २८ मङसिर – भारतकी महिला मन्त्रीले बलिउडमा महिला हिंसाका घटना भएको गुनासो आएकाले तत्काल त्यसलाई रोक्न चेतावनी दिनुभएको छ ।
मन्त्री मेनका गान्धीले हिन्दी फिल्म क्षेत्रमा काम गर्ने महिलाहरूमाथि यौनिक हिंसा भइरहेका घटना सार्वजनिक भएपछि यस्तो चेतावनी दिनुभएको हो ।
उहाँले प्रमुख फिल्म उत्पादक कम्पनीहरूलाई पत्राचार नै गरेर आचरण र नियम कानुनलाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सन् २०१३ को यौनिक हिंसा सम्वन्धी ऐन अनुसार काम र व्यवहार गर्न फिल्म उत्पादन गर्ने २४ ओटा कम्पनीलाई पत्रचार गरिएको जानकारी दिनुभयो ।
मन्त्री गान्धीले सवै कर्मचारीहरूलाई भारतीय कानुन अनुसार सुरक्षित र समावेशी तरिकाले काम गर्ने वातावरण उपलब्ध गराउन र जिम्मेवार हुन पनि ध्यानाकर्षण गराउनु भएको छ ।
गत महिना एक जना भारतीय अभिनेत्रीले फिल्म क्षेत्रमा आफुले प्रवेश गर्ने बेलामा एक जना पुरुष निर्देशकले हिंसा गरेको बताउनु भएको थियो । उहाँले ती निर्देशकको नाम भने गोप्य राख्नुभयो ।
भारतको महिला तथा बालबालिका विकास मन्त्री गान्धीले हिंसा नियन्त्रणका लागि लगातार ट्वीट गर्नुभएको थियो ।
उहाँले ट्वीटरमा लेख्नु भएको छ, ‘यौनिक हिंसा सम्वन्धी ऐनमा कुनै यौनिक हिंसा विना हरेक महिला कामदारलाई काम गर्ने वातावरण कार्यक्षेत्रमा रहेको सुनिश्चित गर्नु पर्ने उद्धेश्य राखिएको छ ।’
मन्त्री गान्धीले पठाउनु भएको पत्रमा ऐनको भावना व्यवहारमा कार्यान्वयन हुने विश्वास लिदै सवै संस्थामा गम्भीरतापुर्वक यस्लाई लिन र प्रतिबद्ध हुन आग्रह पनि गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा