लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको एक कार्यकाल एक परियोजना (२०१५-१७) अन्तर्गत सिरिसे स्कुल परियोजनाको हालै औपचारिक शिलान्यास गरिएको छ ।
परियोजना संयोजक एवं एनआरएनए यूके पूर्व प्रवक्ता खुसी लिम्बु र एनआरएनए आइसीसी सदस्य सुष्मा राईले संयुक्त रुपमा भवन शिलान्यास गरेका हुन् ।
सोही क्रममा लिम्बु र राईले विद्यालयका प्रधानाध्यापक बुद्धिबल मावो र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद कोइरालालाई २१ लाख रुपैयां हस्तान्तरणसमेत गरे । सो विद्यालय पांचघरको थर्पुमा अवस्थित छ ।
पहिरो पीडितलाई राहत वितरण
![]()
पांचथर समाज यूकेले गत साउनमा आएको पहिरोबाट पीडित बनेका पांचथर फालेलुङ गाउंपालिकाका पहिरो पीडितलाई राहत वितरण गरेको छ । फालेलुङ
गाउंपालिकाका १४० घर पहिरो पीडितलाई समाजले राहत वितरण गरेको हो ।
पांचथर समाज यूकेका महासचिव खुसी लिम्बुले सो गाउंपालिका वडा नं. ३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङलाई २ लाख ३० हजारको चेक हस्तान्तरण गरे । सो राहत वडा कार्यालयमार्फत वितरण हुनेछ ।
पीडितहरुलाई ‘क’ र ‘ख’ वर्गमा विभक्त गरि १ लाख ३० हजार र अन्य रकम एकीकृत नमुना बस्तीमा खर्च गरिने वडाध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए । सो क्रममा थाम्सुहाङले पहिरो पीडितको अवस्था निकै नाजुक रहेको अवस्थामा समाजको सहयोगले ठूलो राहत मिलेको बताए । कार्यक्रममा पहिरो पीडितको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य सुष्मा राईको पनि सहभागिता थियो । पांचथर समाज सेवा यूकेका अध्यक्ष चन्द्र बहादुर सुन्दासले सहयोगदाताप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि जिल्लावासीको हितका लागि संस्था क्रियाशिल रहने बताए । (तल भिडियो हेर्नुहोला)
पांचथर थर्पु समाजको सहयोगमा पुस्तकालय भवन बन्दै
पांचथर थर्पु समाजको सहयोगमा याङवरक गाउँपालिका वडा नम्बर ४ को थर्पुमा पुस्तकालय भवन निर्माण भइरहेको छ । पांचथर थर्पु समाज यूकेद्वारा निर्माणाधिन थर्पु क्याम्पस लाइब्रेरी भवनको लागत करिब १५ लाख रुपैयां हुने अनुमान गरिएको उक्त लाइब्रेरी भवन निर्माण परियोजनाका संयोजक समाजका उपाध्यक्ष खुशी लिम्बु बताए ।
भवन निर्माण कार्य झन्डै ९० प्रतिशत पुरा भइसकेको र आगामी एक वर्षभित्र उद्घाटन हुने पांचथर थर्पु समाज यूकेका अध्यक्ष तिलबिक्रम तावाले बताए ।
पहिरो पीडितहरुसँगको भिडियो-
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा