लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको एक कार्यकाल एक परियोजना (२०१५-१७) अन्तर्गत सिरिसे स्कुल परियोजनाको हालै औपचारिक शिलान्यास गरिएको छ ।
परियोजना संयोजक एवं एनआरएनए यूके पूर्व प्रवक्ता खुसी लिम्बु र एनआरएनए आइसीसी सदस्य सुष्मा राईले संयुक्त रुपमा भवन शिलान्यास गरेका हुन् ।
सोही क्रममा लिम्बु र राईले विद्यालयका प्रधानाध्यापक बुद्धिबल मावो र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद कोइरालालाई २१ लाख रुपैयां हस्तान्तरणसमेत गरे । सो विद्यालय पांचघरको थर्पुमा अवस्थित छ ।
पहिरो पीडितलाई राहत वितरण
![]()
पांचथर समाज यूकेले गत साउनमा आएको पहिरोबाट पीडित बनेका पांचथर फालेलुङ गाउंपालिकाका पहिरो पीडितलाई राहत वितरण गरेको छ । फालेलुङ
गाउंपालिकाका १४० घर पहिरो पीडितलाई समाजले राहत वितरण गरेको हो ।
पांचथर समाज यूकेका महासचिव खुसी लिम्बुले सो गाउंपालिका वडा नं. ३ का वडाध्यक्ष वीरविक्रम थाम्सुहाङलाई २ लाख ३० हजारको चेक हस्तान्तरण गरे । सो राहत वडा कार्यालयमार्फत वितरण हुनेछ ।
पीडितहरुलाई ‘क’ र ‘ख’ वर्गमा विभक्त गरि १ लाख ३० हजार र अन्य रकम एकीकृत नमुना बस्तीमा खर्च गरिने वडाध्यक्ष वीरविक्रम थाम्सुहाङले बताए । सो क्रममा थाम्सुहाङले पहिरो पीडितको अवस्था निकै नाजुक रहेको अवस्थामा समाजको सहयोगले ठूलो राहत मिलेको बताए । कार्यक्रममा पहिरो पीडितको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य सुष्मा राईको पनि सहभागिता थियो । पांचथर समाज सेवा यूकेका अध्यक्ष चन्द्र बहादुर सुन्दासले सहयोगदाताप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि जिल्लावासीको हितका लागि संस्था क्रियाशिल रहने बताए । (तल भिडियो हेर्नुहोला)
पांचथर थर्पु समाजको सहयोगमा पुस्तकालय भवन बन्दै
पांचथर थर्पु समाजको सहयोगमा याङवरक गाउँपालिका वडा नम्बर ४ को थर्पुमा पुस्तकालय भवन निर्माण भइरहेको छ । पांचथर थर्पु समाज यूकेद्वारा निर्माणाधिन थर्पु क्याम्पस लाइब्रेरी भवनको लागत करिब १५ लाख रुपैयां हुने अनुमान गरिएको उक्त लाइब्रेरी भवन निर्माण परियोजनाका संयोजक समाजका उपाध्यक्ष खुशी लिम्बु बताए ।
भवन निर्माण कार्य झन्डै ९० प्रतिशत पुरा भइसकेको र आगामी एक वर्षभित्र उद्घाटन हुने पांचथर थर्पु समाज यूकेका अध्यक्ष तिलबिक्रम तावाले बताए ।
पहिरो पीडितहरुसँगको भिडियो-
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते