लन्डन । बेलायतमा रहेका नेपाली तथा बेलायती अभियन्ताहरुलाई विशेष सम्मानको तयारी भएको छ । नेपाल र नेपाली समुदायको वृहत्तर हितका लागि समर्पित अभियन्ताहरुलाई ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७’ प्रदान गर्न लागिएको हो । बक्स अफिस इन्टरनेशनल ग्रुपका तर्फबाट युवा पत्रकार रामबहादुर सुवेदी (आर के सुवेदी) ले उक्त सम्मान प्रदान गर्न लागेको आइतबार पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कार्यक्रम २६ डिसेम्बर सांझ सि एण्ड एल कन्ट्री क्लब वेष्ट इन्ड रोड, नर्थहोल्टमा हुनेछ ।
नर्थफिल्डस्थित काठमाडौं कुजिन रेष्टरेन्टमा आयोजित पत्रकार सम्मेलनमा सुवेदीले आफ्नो पृथ्बी परिक्रमा सम्मान अभियान अन्तर्गत बेलायतका अभियन्ताहरुलाई सम्मान गर्न लागेको बताए । सुवेदीले युएइ, मलेसिया, सिंगापुर र थाइल्याण्डपछि बेलायतमा पांचौं पटक उक्त सम्मान गर्न लागेको जनाए ।
सुवेदीले सन् २०१६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा ‘हाइ अल्टिच्युड अवार्ड’ वितरण गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम अंकित गराएका थिए ।
उनले समुद्रमाथि, समुद्रमुनी, उडिरहेको हवाइ जहाजमा, खाडी मुलुक, युरोप र एसियामा पहिलो पटक नेपाली चलचित्रको अवार्ड वितरण गरेर अन्तर्राष्ट्रिय जगतमा नेपाली कला संस्कृति र भाषालाई प्रचार प्रसार गरेको समेत बताए । भविष्यमा सम्मानित व्यक्तित्वहरुका बारेमा एउटा ‘स्मारिका’ समेत प्रकाशन गर्ने सोच बनाइएको सुवेदीले जनाए ।
विभिन्न क्षेत्रमा योगदान गर्ने नेपाली तथा ब्रिटिश नागरिकलाई सम्मान गर्ने तयारी भएको जनाउंदै कार्यक्रम संयोजक व्यवसायी सुरेन्द्रप्रसाद श्रेष्ठले उपयुक्त नाम सिफारिसका लागि नेपाली समुदायसंग आव्हान गरेका छन् । ‘हाम्रो यो निस्वार्थ र गैर नाफामुलक कार्यक्रम हो । यसमा सबै वर्ग, जातजाती, क्षेत्र र लिंगका मानिस समावेश हुनेछन्’, श्रेष्ठले भने, ‘देशका लागि समर्पित कतिपय अभियन्ता हामीलाई थाहा नभएको हुन सक्छ । त्यस्ता व्यक्तित्वलाई सिफारिस गरिदिन समस्त मिडिया र समुदायसंग हाम्रो आग्रह छ ।’
बेलायतका प्रमुख संघसंस्थाको सिफारिस र ‘मिडिया कभरेज’ को आधार तथा जुरीमार्फत सम्मानित हुने व्यक्तित्व छनोट गरिने पनि श्रेष्ठले बताए ।
कार्यक्रममा सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ, क्याप्टेन आर एस श्रेष्ठ लगायतले विभिन्न सुझाव दिए । उनीहरुले कार्यक्रम विवादरहित बनाउन थप परामर्श र ‘एप्रोच’ गर्न सुझाएका थिए । तस्विर- शिव भण्डारी
नाम सिफारिसका लागि-
सुरेन्द्रप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक (बेलायत)
Correspondence Address-
115 Ruislip Road East, London, W7 1BS
Phone no. 07507428575
Email: [email protected]
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त