काठमाडौँ, २२ मंसिर – विश्व बैंकले पशुपालन नवप्रवर्तन परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिब रु आठ अर्ब ऋण प्रदान गर्ने भएको छ ।
नेपाल सरकारको कृषि विकास रणनीतिमार्फत दिगो कृषि विकास, आर्थिक वृद्धि, गरिबी छटाउने र पोषण एवं खाद्य सुरक्षा सुनिश्चित गर्ने लक्ष्य प्राप्तिमा उक्त परियोजनाले सघाउने छ ।
बैंकको वासिङ्टनस्थित प्रधान कार्यालयबाट प्राप्त जानकारीअनुसार बैंकले उक्त ऋण रकम आज स्वीकृत गरेको हो । परियोजनाबाट दुईसय ७१ नगरपालिकाका दुईलाख पशुपालक किसान लाभान्वित हुनेछन् ।
परियोजनाबाट मूलभूत रुपमा महिला र पाँचसय वटा साना तथा मझौला कृषि उद्यमलाई समेत फाइदा पुग्नेछ । नेपालका ७० प्रतिशत किसानले पशुपालन गरे पनि दूध, दुग्धजन्य पदार्थ र मासुको माग बढिरहेको छ । मागअनुसार आपूर्ति हुन सकेको छैन ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान