काठमाडौँ, १९ मंसिर – स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ आज सांगीतिक कार्यक्रमको आयोजना गरयो ।
विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मनुभएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो ।
प्रसिद्ध गायक नारायणगोपाललाई नेपाल सरकारले स्वर सम्राटको उपाधि दिइएको थियो भने सयौँ गीतमा स्वर संगीत दिएका नारायणगोपालले नेपाली संगीतलाई उचाइमा पुरयाउन निर्वाह गरेको भूमिका अतुलनीय छ ।
झण्डै ५०० भन्दाबढी गीत गाउनुभएका नारायणगोपालले आफ्नो जीवनकालमा कूल १३७ लोकगीत, पापगीत तथा आधुनिक गीतमा संगीत दिइ रेकर्ड गराउनुभएको थियो ।
गुरु माणिकरत्न स्थापित र गायक प्रेमध्वज प्रधानको संयुक्त कम्पोजमा रहेको गीत नै नारायणगोपालको पहिलो गीत थियो । नेपाली फिल्मका लागि पनि थुप्रै गीत गाउनुभएका उहाँ २०औँ शताब्दीका एक प्रभावशाली गीतकार थिए । काठमाडौँको किलागलमा नेवार समुदायमा जन्मनुभएका नारायणगोपाल गुरुवाचार्य राष्ट्रिय नाचघरको प्रबन्धक तथा सांस्कृतिक संस्थानको प्रबन्ध निर्देशक पनि हुनुभयो ।
गायक प्रेमध्वज प्रधानले स्व नारायण गोपाललाई स्वर परीक्षाका लागि रेडियो नेपाल लगेका थिए । उक्त परीक्षाका लागि डा राममान तृषितले लेख्नुभएको ‘पक्षीको पंखामा धर्तिको दियो’ गीतमा स्वर परीक्षा दिनुभएको थियो । यो पहिलो स्वर परीक्षामा नै उहाँ उत्तीर्ण हुनुभयो । त्रिचन्द्र कलेजको ४०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पहिलोपटक सार्वजनिक कार्यक्रममा गीत संगीत प्रस्तुत गर्नुभयो ।
सो कार्यक्रममा उहाँले तबलावादकको पनि भूमिका निर्वाह गर्नुभयो । ‘विछोडको पीडा’ र ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ जस्ता असंख्य जनप्रिय गीतले उहाँलाई लोकप्रियताको शिखरमा पुरयायो ।
उहाँको गीत तथा संगीत विशेष गरेर प्रेम, जीवन तथा देशभक्तिमा अशक्त थियो । ‘जाग जाग चम्क हे नौ जवान हो’, ‘आमा तिमीलाई जलभरिका औँलाले चुम्न’ जस्ता गीत संगीतले ६० का दशकमा गायक तथा संगीतकार गोपाल योञ्जनसँग मिलेर काम गरेपछि उहाँले प्रेम, वेदनायुक्त गीत सिर्जनामा तल्लीन हुनुभयो ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई नारायण गोपाल स्मृति सम्मानबाट सम्मान गर्नुभयो । सो सम्मानको राशि रु २५ हजार नगद तथा सम्मानपत्र रहेको छ ।
त्यस्तै गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भेरवनाथ रिमाल कदम, कञ्चज पुडाशैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई विशिष्ट गीतकारका रुपमा सम्मान गरियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले नारायणगोपालका कालजायी गीत जति सुने पनि नपुग्ने बताउँदै गीत संगीत व्यक्तिको जीवनमा अभिन्न अंगका रुपमा रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले नारायणगोपाल आफ्नै सुर तालमा रम्ने स्वाभिमानी व्यक्तित्व भएको स्मरण गर्नुभयो ।
सम्मान ग्रहण गर्दै वरिष्ठ संगीतकार रसाइलीले नेपालको गीत संगीत क्षेत्रको विकासमा नारायणगोपालले पुरयाउनुभएको योगदान अविष्मरणीय भएको बताउनुभयो ।
कार्यक्रममा गीतकार कञ्चन पुडाशैनी, कलाकार निशा देसार तथा अजर जंगमलगायत नयाँ तथा पुराना गायक गायिकाले गीत संगीत प्रस्तुत गर्नुभएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त