
मधेस गठबन्धनले शनिबार सप्तरीको राजविराजमा आयोजना गरेको चुनावी सभामा सहभागी शिर्ष नेताहरु । तस्वीर – अरुण कुमार यादव, राजविराज, रासस
राजविराज, ९ मंसिर – राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)का संयोजक महन्थ ठाकुरले मधेश आन्दोलन र मधेश विद्रोहकै कारण मुलुक संघीयतातर्फउन्मुख भएको बताउनुभएको छ ।
राजपा–फोरम गठबन्धनले सप्तरी सदरमुकाम राजविराजमा आज आयोजना गरेको संयुक्त चुनावी जनसभालाई सम्बोधन गर्दै नेता ठाकुरले मधेशका २२ जिल्ला मधेश राज्यका रुपमा संगठित नभएसम्म संघर्ष जारी रहने जिकिर गर्नुभयो । उहाँले अथक संघर्षपछि मधेशका रुपमा प्राप्त आठ जिल्लालाई रक्षा गर्नका लागि सम्पूर्ण जनतालाई मंसिर २१ गतेको प्रतिनिधि र प्रदेशसभाको चुनावमा मतदान गर्न आग्रह गर्नुभयो ।
मधेशी जनताको भारी मतबाट अब बन्ने सरकारले मधेशका जिल्लामा शिक्षालाई निःशुल्क बनाउनाका साथै विपन्न समुदायका घर घरमा ग्यास चुलो र बालिकाको जन्म हुनेबित्तिकै उनका नाममा रु १० हजार बैंक खातामा जम्मा गरिने घोषणासमेत गर्नुभयो ।
सोही सभालाई संबोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई पार्टीको चुनावी एकता मधेशको अधिकार र पहिचानको स्थापनाका लागि भएको बताउनुभयो ।
राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ‘मधेश आन्दोलनका क्रममा निहत्था आन्दोलनकारीमाथि गोली चलाउने राज्य र तिनका सञ्चालक’माथि बदला लिनुपर्ने बताउनुभयो । राजपाका महासचिव मनिषकुमार सुमनले वर्ग, लिङ्ग, क्षेत्र र जनताका आधारमा विभेद अत्य नभएसम्म संघर्ष जारी रहने बताउनुभयो ।
कार्यक्रममा फोरमका उपाध्यक्ष रेणुकुमारी यादव, केन्द्रीय सदस्य सरिता गिरीलगायतले मधेशी जनताले निर्वाचनमा मधेश गठबन्धनका उम्मेदवारलाई मत दिएर राज्यले गरिरहेको विभेदलाई अन्त्य गर्ने जिकिर गर्नुभयो ।
सभामा सप्तरीको मलेठमा भएको घटनामा शहादत प्राप्त परिवारलाई मधेश गठबन्धनका शीर्ष नेताले सम्मान गरेका थिए ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते