सुरुङ्गा, झापा, ९ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा राखिएको बम नेपाली सेनाको २१ नम्बर बाहिनीबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीको घरको मूलगेटमा राखिएको बम आज बिहान निष्क्रिय पारिएको हो ।
यसअघि ओलीको घरमा बिहान ४ बजे अज्ञात समूहले बम विस्फोट गराएको थियो । बम विष्फोट हुँदा भौतिक तथा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।
ओलीको झापास्थित घरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बस्दै आउनुभएको छ । ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।
यसैगरी नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विस्फोट भएको छ । विस्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा ७ च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
झापाका दुई स्थानमा बम विष्फोट भएपछि झापाको सुरक्षा व्यवस्थालाई थप मजबुद पारिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो । उहाँले बम विष्फोट गराउने समूहको खोजीकार्य तीव्र पारिएको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण