त्रिशूली, नुवाकोट, ७ मंसिर – पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा नुवाकोटमा राष्ट्रिय पहिचान बनाएका केन्द्रीय नेतालाई साख जोगाउने चुनौती पनि बढ्दै गएको छ ।
आज काँग्रेस र वाम गठबन्धनले अन्तिम चुनावीसभा गरिरहेका छन् । आ–आफ्ना पक्षमा मतदाता तान्न नेता सक्रिय भइरहेका छन् । विसं २०५१ देखि लगातार नुवाकोटमा निर्वाचन जितिरहेका डा रामशरण महतलाई यो पटकको निर्वाचनमा विजय प्राप्त गर्न ठूलो परिश्रम गर्नु परिरहेको छ ।
यस्तै नुवाकोटको राजनीतिमा विसं २०३८ बाट निरन्तर उम्मेदवार बन्दै आएका अर्जुननरसिंह केसीलाई वाम गठबन्धनले यो निर्वाचन सकसपूर्ण बनाएको छ ।
केन्द्रीय राजनीतिका प्रभावशाली व्यक्ति काँग्रेसका डा रामशरण महत र अर्जुननरसिंह केसी दुवैलाई वाम गठबन्धनको तगारो छिचोल्न सजिलो छैन योपटक । वाम गठबन्धन नभएको भए नेपाली काँग्रेसले आरामले निर्वाचन जित्नेमा कुनै शंका थिएन ।
दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा विसं २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा साविकको तीनवटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस विजयी भएको थियो । स्थानीय तहको निर्वाचनमा १२ स्थानीय तहमध्ये सात वटा तहको प्रमुख जितेर पहिलो दल बनेको काँग्रेसलाई वाम गठबन्धनका कारण नै स्थानीय तहको जितलाई निरन्तरता दिँदै प्रतिनिधिसभा र प्रदेशसभासम्म लैजान सकस पर्ने देखिएको छ ।
स्थानीय तह निर्वाचनमा दुई नगरपालिकासहित पाँच स्थानीय तहको प्रमुखमा नेकपा एमालेले जितेका थिए । स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका विजेता तथा पराजित उम्मेदवारले ल्याएको मत जोड्दा नेपाली काँग्रेसले ४४ हजार ११८ मतसहित पहिलो, नेकपा एमाले ४२ हजार १२ मतसहित दोस्रो र नेकपा माओवादी केन्द्र ३४ हजार २७८ मतसहित तेस्रो भएका थिए ।
नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठनबन्धनमा रहेको भनिएका नयाँ शक्ति पार्टी नेपालको आफ्नै उम्मेदवार चुनावी मैदानमा छ ।
डा महतले आफू नुवाकोटको समृद्धिका लागि फेरि निर्वाचनको मैदानमा आएको र विगतमा गरेको कामका कारण पनि मतदाताले फेरि विश्वास गर्ने बताउनुहुन्छ । वाम गठबन्धनका कारण निर्वाचन कठिन भए पनि आफू मजबुत रहेको डा महतको दाबी छ । ‘वाम गठबन्धनका कारण यो प्रतिस्पर्धा कठिन भएको छ । म नै मजबुत छु’– डा महतले भन्नुभयो ।
क्षेत्र नं १ को प्रदेश ‘ख’ का काग्रेसका उम्मेदवार रमेश महत भने वाम गठबन्धनले काँग्रेसलाई एक बनाएको बताउनुहुन्छ । ‘वाम गठबन्धनले काँग्रेसमा देखिएको गुटउपगुट समाप्त भएको छ, हामीलाई एक बनाएको छ,’ उहाँले भन्नुभयो — ‘अब काँग्रेसको मत विभाजित हुन्न, त्यसैले वाम गठबन्धनले असर गर्दैन् ।’
वाम गठबन्धनबाट क्षेत्र नं १ मा माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार हीतबहादुर तामाङले यो क्षेत्रका नागरिकले परिवर्तन चाहेका छन्, यो पटक हामीलाई साथ दिनेछन् भन्नुभयो ।
क्षेत्र नं २ को निर्वाचन पनि पेचिलो छ । काँग्रेस केन्द्रीय नेता अर्जुननसिंह केसी र वाम गठबन्धनबाट एमालेका नारायणप्रसाद खतिवडाबीच मुख्य प्रतिष्प्रर्धा रहेको छ । यो क्षेत्रमा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, विदुर नगरपलिका, मेघाङ गाउँपालिका र किस्पाङ गाउँपालिका छन् । स्थानीय तहको निर्वाचनमा काँग्रेसको २१ हजार ४६६, एमालेको २३ हजार ८२२ र माओवादी केन्द्रको १५ हजार ५०० मत यो क्षेत्रमा परेको थियो ।
महत र केसीको प्रभाव
अहिले नुवाकोटमा चार पूर्वमन्त्री दुई मुख्य गठबन्धनबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा छन् । हीतबहादुर र राधिका वाम गठबन्धनबाट तथा डा महत र केसी काँग्रेसबाट उम्मेदवारी दिएका छन् । पटक पटक अर्थमन्त्री भइसकेका डा महत र पटकपटक विभिन्न मन्त्रालय सम्हालेका केसीको पहुँचको प्रभाव पनि यो निर्वाचनमा देखिएकाले स्थानीय तहको मतलाई मात्र आधार मान्न सकिँदैन । उनीहरुको पहुँच र प्रभावको तुलनामा वाम गठबन्धनका उम्मेदवार कमजोर रहेका कारण उनीहरुलाई आफ्नो मत जोगाउन कठिन छ ।
स्थानीय तहमा अन्र्तघात गरेको भनी कारबाहीका लागि उजुरी परेकासमेत अहिले काँग्रेसका उम्मेदवारसँग चुनावी प्रचारमा हिँडेको देखिएको छ । यसले पनि स्थानीय तहको परिणामअनुसार मतमा अहिले केही परिवर्तन आउन सक्छ ।
काँग्रेसको उम्मेदवारमा परिवारवाद हाबी भएको भन्दै काँग्रेसभित्र असन्तुष्टि पनि देखिएको छ । डा महतको क्षेत्रको प्रदेशमा उहाँकै भतिज रमेश महत र केसीको क्षेत्रको प्रदेशमा उहाँकै सहोदर भाइ जगदीश्वरनरसिंह केसी उम्मेदवार हुनुहुन्छ । यसले काँग्रेसमा केही असन्तुष्टि बढाएको नुवाकोटका काँग्रेसी कार्यकर्ताको भनाई छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग