काठमाडौँ, ५ कात्तिक (रासस) – थाइल्यान्डमा सम्पन्न सातौँ तिराक अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपालले तेक्वान्दोमा ६ स्वर्ण, ६ रजत र ९ काश्यगरी कुल २१ पदक जितेको छ ।
थाइल्यान्डको बैंककमा सम्पन्न च्याम्पियनसिपमा नेपालले फाइट र पुम्सेमा समान ३–३ स्वर्ण गरी कुल ६ स्वर्ण हात पारेको थियो । फाइटतर्फ अजित गुप्ता तेली, रेखमाया गुरुङ र पार्वती गुरुङले स्वर्ण जितेका थिए ।
फाइनलमा अजितले पुरुष ४६ किलोतर्फ चीन, रेखमायाले महिला ६७ किलोमुनितर्फ इन्डोनेसिया र पार्वतीले महिला ५३ किलोमुनितर्फ श्रीलंकालाई हराउँदै स्वर्ण जितेको चितवन तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष एवम् टिमका प्रशिक्षक रोशन खानले जानकारी दिनुभयो ।
पुम्सेतर्फ नरमाया गुरुङ, जस्मीन गुरुङ र सन्ध्या थापाले स्वर्ण जितेको प्रशिक्षक प्रकाशमान राजभण्डारीले जानकारी दिनुभयो । फाइनलमा नरमायाले १४ वर्षमुनिमा भारत, जस्मीनले १४ वर्षमाथिमा चीन र सन्ध्याले ४६ किलोमुनितर्फ ओमानलाई हराएका थिए ।
फाइटमा मनकुमारी गुरुङ र मेलिना गुरुङ तथा पुम्सेमा दिपीसा गुरुङ, डेबिड थापा, कलाअजित गुप्तातेली र पार्वती गुरुङले रजत पदक जिते । फाइटमै अर्यान पौडेल, सागर बराल, ललित बुढामगर, दीपम थकाली, प्रवेश पण्डित र पुम्सेमा आर्यन पौडेल, सुलभ सिम्खडा, दीपम थकाली र रिखमाया गुरुङले काश्य पदक जिते । सो च्याम्पियनसिपमा दक्षिण कोरिया, चीन, इन्डोनेसिया, म्यानमार, भारत, पाकिस्तान, मलेसियालगायत देशको सहभागिता रहेको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा