लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले शुक्रबार सांझ लन्डनमा सामूहिक देउसी भैलो कार्यक्रम गरेको छ ।
परम्परागत शैलीमा नेपालीको दोश्रो ठूलो सांस्कृतिक पर्व मनाइएको हो । कोसेलीले नेपाली कला संस्कृतिको संरक्षण र बेलायतमै जन्मिएका दोश्रो पुस्तालाई यसबारे अवगत गराउन लामो समय देखि देउसी भैलो कार्यक्रम गर्दै आएको छ । कोसेली अध्यक्ष शर्मिला सिंहले तीन दशक अघि स्थापित उक्त संस्थाले विगतमा घर घर गएर खेल्ने गरेपनि केही वर्ष यता सामूहिक कार्यक्रम गर्न थालेको जनाइन् ।
कार्यक्रममा कोसेली अध्यक्ष सिंह, पूर्व अध्यक्ष अमृत गुरुङ, महासचिव खेम गौतम, गायिका सितु खरेल, निश्चल दाहाल, अमृता गिरी लगायतको समूहले देउसी भैलो सञ्चालन गरेको थियो । संस्थापक अध्यक्ष मदन थापा र प्रमोद शर्माले पनि आफ्नो कला प्रस्तुत गरे । देउसी भैलोसंगै नाच, गायन र सांगीतिक माहोलले वातावरण रोमाञ्चक बनेको थियो ।
पारिवारिक र परम्परागत शैलीमा गरिएको कार्यक्रमले सहभागी दंग देखिन्थे । कार्यक्रममा सहभागी सोलिसिटर राजु थापाले आफ्नो मौलिक परम्परालाई निरन्तरता दिनु कोसेलीको प्रशंसनीय कार्य भएको प्रतिक्रिया दिए ।
तस्विरहरु- नेपाली समाज यूके डट कम
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते