लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले शुक्रबार सांझ लन्डनमा सामूहिक देउसी भैलो कार्यक्रम गरेको छ ।
परम्परागत शैलीमा नेपालीको दोश्रो ठूलो सांस्कृतिक पर्व मनाइएको हो । कोसेलीले नेपाली कला संस्कृतिको संरक्षण र बेलायतमै जन्मिएका दोश्रो पुस्तालाई यसबारे अवगत गराउन लामो समय देखि देउसी भैलो कार्यक्रम गर्दै आएको छ । कोसेली अध्यक्ष शर्मिला सिंहले तीन दशक अघि स्थापित उक्त संस्थाले विगतमा घर घर गएर खेल्ने गरेपनि केही वर्ष यता सामूहिक कार्यक्रम गर्न थालेको जनाइन् ।
कार्यक्रममा कोसेली अध्यक्ष सिंह, पूर्व अध्यक्ष अमृत गुरुङ, महासचिव खेम गौतम, गायिका सितु खरेल, निश्चल दाहाल, अमृता गिरी लगायतको समूहले देउसी भैलो सञ्चालन गरेको थियो । संस्थापक अध्यक्ष मदन थापा र प्रमोद शर्माले पनि आफ्नो कला प्रस्तुत गरे । देउसी भैलोसंगै नाच, गायन र सांगीतिक माहोलले वातावरण रोमाञ्चक बनेको थियो ।
पारिवारिक र परम्परागत शैलीमा गरिएको कार्यक्रमले सहभागी दंग देखिन्थे । कार्यक्रममा सहभागी सोलिसिटर राजु थापाले आफ्नो मौलिक परम्परालाई निरन्तरता दिनु कोसेलीको प्रशंसनीय कार्य भएको प्रतिक्रिया दिए ।
तस्विरहरु- नेपाली समाज यूके डट कम
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान