बैतडी, २६ असोज (रासस) – राष्ट्रपति विद्यादेवी भण्डारी प्रदेश नं ७ (सुदूरपश्चिम) को भ्रमणमा आउनुभएको छ ।
राष्ट्रपति भण्डारी अहिले सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तडमा पूजाआजा तथा भ्रमणमा रहनुभएको प्रदेश नं ७ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विजयकुमार भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘खप्तडबाट फर्किएर आज नै उहाँको डोटीस्थित शैलेश्वरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ ।’
राष्ट्रपति भण्डारी आज नै काठमाडौँ फर्किने कार्यक्रम रहेको ७ नं प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ । सुदूरपश्चिमका नौवटै जिल्लाको भ्रमण गर्ने कार्यक्रम रहेको भए पनि कार्य व्यस्तताले अरू जिल्लाको भ्रमण गर्न नसकिने बताइएको छ ।
राष्ट्रपति भण्डारी दुईदिने भ्रमणका लागि बुधबार सुदूरपश्चिमको डोटी आइपुग्नुभएको हो । राष्ट्रपति भण्डारी सुदूरपश्चिममा आइपुग्नु भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते