काठमाडौँ, २५ असोज – गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न व्यक्तिहरूले संघको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
एक जना महिला उपाध्यक्ष तथा दुई पुरुष उपाध्यक्ष पदमा उनीहरुले यसरी उम्मेदवारी घोषणा गरेका हुन् ।
अष्ट्रेलियामा बसोवास गर्दै आउनुभएका रञ्जु वाग्लेले महिला उपाध्यक्षमा तथा सोनाम लामा, चिरञ्जीवी थापा, पारशमणि पोखरेल, ज्ञानेन्द्रराज गौतम, कुमार पन्त तथा कुल आचार्यले उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गर्नुभएको छ ।
उपाध्यक्षका दावेदार सोनाम लामाले आफूले जितेमा एनआरएनलाई एकताबद्ध गर्ने तथा नेपालका युवालाई रोजगारी दिने आश्वासन दिनुभयो भने चिरञ्जीवी थापाले विदेशमा संगालेको अनुभव, ज्ञान र शीप नेपालमा भित्र्याउने बताउनुभयो । अर्का उम्मेदवार पारशमणि पोखरेलले स्टप एनआरएन अभियान शुरु गर्ने बताउनुभयो ।
त्यस्तै, संघको मध्यपूर्व संयोजकमा उम्मेदवार दिनुभएका उप संयोजक धर्मराज गिरीले परिवर्तनको आभास दिने अठोट व्यक्त गर्नुभयो । उपाध्यक्षका उम्मेदवार कुमार पन्थ तथा कुल आचार्यले नेपालको विकासका लागि सामूहिक लगानी भित्र्याउने बताउनुभयो ।
हाल विश्वका विभिन्न ७७ मुलुकमा ६५ लाख नेपाली बसोबास गर्दै आएको बताइन्छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते