लस भेगस, १९ असोज (रासस-एएफपी) – अमेरिकी सहर लस भेगासमा आइतबार राति भिषण आक्रमणगरी कम्तीमा ५९ जनाको ज्यानलिने स्टेफन प्याडककी केटीसाथीले यस्तो आक्रमण र नरसंहारको प्याडकले योजना बनाएको बारेमा आफूलाई केही थाहा नभएको बताएकी छिन् ।
बन्दुकधारीले लस भेगासमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयासस्वरुप प्रहरीले उनीहसँग पनि आवश्यक सोधपुछ गरेको थियो । प्रहरीसँगको बयानमा उनले सो जानकारी दिएको बताइएको छ ।
उनकी केटीसाथी मार्लाे डेन्लीसँग प्रहरीले बुधबार सोधपुछ गरेको छ । सो सोधपुछका क्रममा उनले यस्तो हिंसात्मक गतिविधिको बारेमा आफूलाई थाहा भएन, यस्तो योजनाको बारेमा पनि उनले मलाई केही थाहा दिएका थिएनन् ।
अमेरिकी प्रहरीसँगको बयानका क्रममा उनले सो जानकारी दिएको उनका वकिलले बताएका छन् । उनको यो बयानपछि उक्त हत्याकाण्ड थप रहस्मय बन्न पुगेको पनि समाचारमा उल्लेख गरिएको छ ।
अमेरिकी सरकारी वकिकले पनि मार्लाे डेन्लीले यसअघि उनको स्वभाव स्नेही र दयालु रहेको तर यस्ता हिंसात्मक क्रियाकलापका बारेमा कहिल्यै पनि कुनै कुरा आदानप्रदान नगरेको बयान उनले दिएको जनाएका छन् ।
मार्लाे हाल फिलिपिन्समा बस्दै आएकी छिन् । उनी अष्ट्रेलियन नागरिक हुन् । उनी करिब २० बर्षअघि क्यासिनोमा काम गर्नभन्दै अमेरिका पुगेको अष्ट्रेलिया सरकारले जानकारी दिएको थियो ।
आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टी भएको छ । उनले लस भेगसमा आइतबार राति भएको कन्सर्ट (सांगितिक प्रस्तुती) को समयमा जम्मा भएका सयौँ व्यक्तिमाथि गोली चलाएका थिए ।
उनले चलाएको अन्धाधुन्ध गोलीबाट ५९ जनाको ज्यान गएको छ भने अरु ५०० भन्दा बढी घाइते छन् । उनी बसेको सोही होटलको ३२ औँ तल्लाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए ।
अमेरिकी प्रहरील उनकी केटीसाथी ६२ बर्षीया मार्लाेलाई हिरासदमा लिएको छैन । प्रहरीले उनीसँगको सम्बन्धका बारेमा बुझेको थियो ।
प्याडकले नरसंहार गर्नुअघि आफ्नी केटीसाथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको र त्यसैका आधारमा उक्त हमलामा उनलाई पनि कुनै सूचना हुनसक्ने अनुमानका आधारमा सो कुरा बुझ्न खोजेको हो ।
प्रहरीले अनुसन्धान जारी राखेको छ तर त्यसको उद्देश्य वा किन प्याडकले सो नरसंहार गरेका थिए भन्ने तथ्यको नजिक पुग्न सकेको छैन ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने