मुम्बई, ६ असोज (रासस-एएफपी) – भारतीय चलचित्र उद्योग बलिउडका एकजना चर्चित कलाकार सञ्जय दत्त पुनः चलचित्रमा फर्किनुभएको छ ।
उहाँ चार बर्ष जेल जिवनपछि पुनः यस क्षेत्रमा फर्किनुभएको समाचार भारतीय सञ्चारमाध्यमहरुले दिएका छन् ।
चार बर्षको जेल जिवनपछि उहाँले पहिलो पटक भुमी नामक उहाँद्वारा अभिनित चलचित्रको बारेमा शुक्रबार पोस्टरमार्फत जानकारी गराइएको छ ।
उक्त चलचित्रमा उहाँले नायिकाको बुबाको भूमिका निर्वाह गर्नुभएको छ । शुक्रबारै सो चलचित्र सार्वजनिक हुने पोस्टर भारतका विभिन्न स्थानमा टाँसिएको छ ।
चलचित्रमा नायिका रहेकी आफ्नी छोरीलाई बलात्कार गर्नेहरुलाई बदला लिने एक जना सशक्त बुबाको भूमिकामा उहाँ सो चलचित्रमा भूमिका निर्वाह गर्नुभएको छ ।
उहाँ सन् २०१६ मा जेलमुक्त हुनुभएको थियो । सन् १९९३ मा भएको मुम्बई बम हमलाका समयमा उहाँमाथि हतियार आपूर्ति गरेको आरोप लागेको थियो । सोही अभियोगका लागि उहाँ चार बर्ष जेल बस्नुपरेको थियो ।
अन्ठाउन्न बर्षीय दत्त पुनः चलचित्रमा फर्किनुभएको समाचार भारतीय सञ्चारमाध्यमहरुका साथै शुक्रबारका सामाजिक सञ्जालहरुमा पनि राखिएको बताइएको छ ।
ओमुङ् कुमारले निर्देशन गर्नुभएको सो चलचित्र सञ्जय दत्तकै कारण निकै चर्चित हुने अपेक्षा सर्वत्र गरिएको ती समाचारहरुमा जनाइएको छ ।
सञ्जय दत्तलाई मन पराउने सर्वासाधारणहरुले उक्त चलचित्रको टिकट पहिले नै लिइसकेका र चलचित्र हलमै पुगेर हेर्ने योजना बनाएको जनाएका छन् ।
उहाँले यसबाहेक अरु तीन वटा चलचित्रमा अभिनय गर्दैहुनुहुन्छ । ती चलचित्रको छायाङ्कनका लागि उहाँ केही महिनादेखि नै निकै ब्यस्त रहदै आउनुभएको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?