
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वाङमय शताव्दी पुरुष डा सत्यमोहन जोशीलाई सम्मान गर्नुहँुदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ३० भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा जीवित ज्ञान पुरुषका रुपमा स्थापित हुनुभएको बताउनुभएको छ ।
शताब्दी पुरुष जोशीलाई सम्मान गर्न आज यहाँ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रको गौरव अभिवृद्धि गर्ने व्यक्तिलाई सरकारले सम्मान गरेकामा सराहना गर्नुभयो । ‘यस्तै व्यक्तित्वको योगदानले मुलुक अनुपम सांस्कृतिक सम्पदाबीच सबै जातजातिको सुन्दर फूलबारीका रुपमा विश्वसामु चिनिएको छ, जोशी थकाइ नमारी देशलाई सगरमाथा जस्तै उच्च बनाउन लागिपर्नुभएको छ, यस्ता व्यक्तित्व मुलुकको साझा धरोहरका रुपमा अमर रहनुहुनेछ’, राष्ट्रपतिले भन्नुभयो ।
सम्मानित व्यक्तित्व जोशीले आफूले पाएको उपाधि नेपाली भाषा र संस्कृतिकर्मी सबैको सम्मान भएको बताउँदै सांस्कृतिक सम्पदा राष्ट्रको पहिचान भएको स्पष्ट गर्नुभयो ।

वाङमय शताव्दी पुरुष डा.सत्यमोहन जोशीलाई वग्गीमा राखेर स–सम्मान नगर परिक्रमा गराएपछि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा स्वागत गरिँदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
पूर्वमन्त्री तीर्थराम डंगोलले जोशीलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्न माग गर्नुभयो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले साहित्य र संस्कृतिमार्फत जोशीले देश एवम् जनताका लागि काम गर्नुभएको बताउँदै जोशीका नाममा स्थापना हुने अक्षयकोषका लागि महानगरपालिकाका तर्फबाट रु पाँच लाख दिने घोषणा गर्नुभयो । समारोह समितिका अध्यक्ष तथा पूर्वसांसद लक्ष्मीदास मानन्धरले कोषका लागि साल्ट ट्रेडिङ कर्पोरेशन लि, सनराइज बैंक र प्राइम बैंकका तर्फबाट पनि सहयोग प्राप्त हुने प्रतिबद्धता भएको जानकारी दिनुभयो ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, मल्ल के सुन्दर लगायतले जोशीले नेपालको सांस्कृतिक, पुरातात्विक र साहित्यिक क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्नुभयो । सो अवसरमा जोशीलाई वैदिक र बौद्ध धर्म गुरुले स्वस्ति वाचन गरी स्वस्थ र दीर्घजीवनका लागि शुभाशीर्वाद प्रदान गर्नुभएको थियो । यसअघि जोशीलाई वसन्तपुरदेखि बाजागाजा र पदयात्रासहित रथमा राखेर कार्यक्रमस्थल राष्ट्रियसभा गृहमा ल्याइएको थियो । जोशीलाई सरकारले विसं २०७४ वैशाख २१ गते सो उपाधि दिएको थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी