वासिङ्टन (संयुक्त राज्य अमेरिका), २३ भदौ । हजारौँ एसियाली मुलका अमेरिकी नागरिक सहित करिब ५० लाख अमेरिकी नागरिकलाई फ्लोरिडाको तटीय क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान फ्लोरिडाका अधिकारीले शनिबार आग्रह गरेका छन् ।
फ्रान्स लगायत अन्य कैयौँ क्यारेवियन टापूमा विनास गरेको आँधी आइतबारसम्म अमेरिकी भूमिमा प्रवेश गर्ने पूर्वानुमान गरिएको आँधीका कारण झण्डै फ्लोरिडाको एक चौँथाइ जनसङ्ख्यालाई तहसनहस बनाउन सक्ने भन्दै यहाँका अधिकारीले नागरिकलाई घर छाडेर सुरक्षित स्थलतर्फ जान आग्रह गरेका हुन् ।
अमेरिकी अधिकारीले आफ्ना नागरिकलाई सचेत गर्दै भनेका छन्, आँधीले प्रभावित गर्नुभन्दा पहिल्यै जसले सम्भावित खताराक्षेत्रबाट आफ्ना घर छोड्दैन उसले उद्धार सेवा पाउन नसक्ने जनाएका छन् ।
फ्लोरिडामा प्रभाव पर्छ वा पर्दैन भन्ने प्रश्न होइन कि फ्लोरिडामा कति नराम्रो असर पर्दैछ भन्ने बिषय सोचनीय रहेको, संघीय विपद् व्यवस्थापन निकायका प्रमुख ब्रक लोङले बताउनुभयो ।
इर्माले फ्लोरिडा होस् वा अन्य दक्षिणपूर्वी अमेरिकी राज्यहरू जहाँपनि भवितब्य सिर्जना गर्न सक्छ । यो बिषयमा पूर्वानुमान गर्न कठीन हुन्छ । अलावामादेखि उत्तर क्यारोलिनाबासी सवै जनाले आँधीको सम्भावित असरबाट जोगिन सावधानी अपनाई रहेको, लोङले बताउनुभयो ।
अमेरिकीले यसलाई विनास गर्ने रासंयुक्त राज्य अमेरिकालाई खतरा सिर्जना गरिरहेको छ । फ्लोरिडामा एसियाली मुलबाट अमेरिका आई बसोवास गर्ने हजारौँ व्यक्ति रहेको स्थान हो ।
फ्लोरिडामा हजारौँ संघीय सुरक्षा अधिकारी तथा कैयौं हजारको सङ्ख्यामा सैनिकलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको अमेरिकी रक्षा विभागले जनाएको छ । विभागले सावधानीका लागि सुरक्षा अधिकारीको सल्लाह तथा सुझाव सुन्न सवै जनातालाई आग्रह गर्दछौँ ।
लोङले भन्नुभयो, सम्भावित क्षति हुने तटीय क्षेत्रका नागरिकलाई तत्कालका लागि एक लाखको सङ्ख्यामा बाँडेर सङ्कटकालिन सेवा दिने योजना बनाएका छौँ । यसका लागि बृहद् सहयोगको आवश्यकता हुनेछ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई इर्माको सम्भावित प्रभावका बिषयमा जानकारी गराइएको छ ।
शनिबार नै राष्ट्रपति ट्रम्पले विपद् व्यवस्थापन तथा राहतका लागि १५ अर्ब २५ करोड अमेरिकी डलरको थप बजेटको व्यवस्था गर्नेगरी तयार भएको कानूनमा हस्ताक्षर गर्नुभएको थियो ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी