राप्रपाद्वारा रिट निवेदन दर्ता

काठमाडौँ, ११ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो दल विभाजनका क्रममा प्रयोग गरिएका केही कीर्ते दस्तखतको छानबिनको माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता गराएको छ ।

पार्टीका नेता सुशीलकुमार श्रेष्ठको नेतृत्वमा केन्द्रीय सदस्यहरु दिल विकास राजभण्डारी, सविनासिंह शाह र निरञ्जन थापासहित अदालत गएको प्रतिनिधिमण्डलले कीर्ते हस्ताक्षरलाई आधार बनाएर दल विभाजन गरिएकाले त्यसको खारेजीका लागि रिट दर्ता गराउनुभएको प्रवक्ता भूवन पाठकले जानकारी दिनुभयो ।

पार्टीका नेतालाई अन्य प्रयोजनका लागि गराइएको हस्ताक्षर दुरुपयोग गरी आवश्यक दस्तखत पुरयाउन ती हस्ताक्षर देखाएर दल विभाजन गरिएको पार्टीले जनाएको छ । गत साउन २२ गते सोही पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले दल विभाजनका लागि आवश्यक सङ्ख्या आफ्नो पक्षमा रहेको भन्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो ।

निर्वाचन आयोगले सो निवेदन प्राप्त गरेपछि पुनः दस्तखतका लागि दुईपटक समय तोकेको भएपनि अदालतको आदेशका कारण राणा समूहको राप्रपा (प्रजातान्त्रिक) लाई दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री