लन्डन । तमु समाज यूके आमा समूहले गत १९ अगष्ट २०१७ शनिबार लन्डनको हयारो बरो फुटबल क्लबमा हरितालिका तीज कार्यक्रम गरेको छ । कार्यक्रममा मुलत लण्डन वरपरका नेपाली नारीहरुको उपस्थिति थियो ।
कार्यक्रम आमा समूहकी अध्यक्ष माया गुरुङ, प्रमुख अतिथि श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी, विशेष अतिथि गैर आवासीय नेपाली संघ बेलायतकी उपाध्यक्ष शान्ति थापा कुंवार र तमु सामाज यूकेकी उपाध्यक्ष बिजु गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
कार्यक्रममा थुप्रै संघसंस्थाका महिला प्रतिनिधि, समाजसेवी तथा नेपाली महिलाहरुको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिले तीजको सांस्कृतिक महत्वबारे प्रकाश पार्दै शुभकामना दिए । उक्त अवसरमा अध्यक्ष माया गुरुङले शुभकामना र स्वागत मन्तव्य एवं आमा समूहकी कोषाध्यक्ष मिरा गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।
कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारहरुको राफल ड्र, दर, खानपिनसंगै डिजे चांद म्यूजिक वल्डको तीज गीतमा सहभागीले छमछमी नाचेर भरपुर मनोरन्जन लिए । तीज नृत्यमा उत्कृष्ट नृत्यांगनाहरु पुरस्कृत पनि भए । उत्कृष्ट नाचेर पुजा गुरुङ प्रथम, सपना गुरुङ द्वितीय र रितु गुरुङले तृतीय पुरस्कार जिते । नृत्य प्रतियोगिताको प्रथम पुरस्कार लन्डन फेसन हाउस र राफल ड्रको प्रथम पुरस्कार अल्डरसटस्थित लक्ष्मी ज्वेलर्सले प्रायोजन गरेको थियो ।
कार्यक्रममा तमु समाज यूकेका खाद्य संयोजक हरिमान गुरुङको संयोजनमा कार्यसमितिका सदस्यहरु, सल्लाहकारतथा सदस्यहरु र हर्कबहादुर गुरुङको सहयोगमा दर व्यवस्था गरिएको थियो । अन्य विभिन्न व्यक्तिले पनि सेलरोटी, पानी, खाद्य पदार्थ तथा आर्थिक प्रायोजन गरेर सहयोग गरेका थिए ।
उक्त तीज कार्यक्रम सइन्द्र केसी र आमा समूहकी सचिव बिमला गुरुङले सञ्चालन गरेका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते