लन्डन । सम्भवतः बेलायतको नेपालमा परोपकारी काम गर्ने सबैभन्दा पुरानो संस्था ब्रिटेन नेपाल मेडिकल ट्रष्टको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा सो संस्थाले नेपालमा गरेको काममा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ सो संस्थाका सहअध्यक्ष प्रा. सूर्यप्रसाद सुवदीले
एकसय ३५ किमीको दुरीको पैदलयात्रा पुरा गरेका छन्।
इंगल्याण्ड र स्कटल्याण्डको सिमामा पर्ने झण्डै बेलायतको पूर्वी तटबाट पश्चिमी तटसम्म फैलिएको रोमन सम्राट हेड्रियनले बनाएको प्राचीन हेड्रियन वालको पल्लो छेउ देखि वल्लो छेउसम्मको पैदलयात्रा उनले आफ्ना सहयोगी मित्रहरु डा. स्टिभ टर्नर र आन्ड्रू स्टुवार्टको साथमा पुरा गरेका हुन् ।
गत अगष्ट १४ तारिखदेखि पदयात्रा शुरु गरेका सुवेदी अगष्ट २१ तारिख, सोमबार मात्रै लण्डन फर्केका हुन्।
‘हामी आफ्नो यात्राको क्रममा ११३२ फिटसम्म पुग्यौं भने १६ वटा ऐतिहासिक किल्लाहरु, ७९ वटा क्यासलहरु पनि पार गरयौं । यात्राको क्रममा देखिएको इंगल्याण्डको प्राकृतिक सौन्दर्य अत्यन्त मनमोहक थियो । म शारीरिक रुपमा थाके पनि मानसिकरुपमा अत्यन्त तरोताजा अनुभव गरिरहेको छु र नेपालमा कल्याणकारी काममा सघाउन पाएकोमा सन्तोष पनि लागेको छ’, प्रा. सुवेदीले भने।
प्रा. सुवेदीको उक्त अभियानमा र ब्रिटेन नेपाल मेडिकल ट्रष्टले नेपालमा गरेको काममा सहयोग गर्न इच्छुक व्यक्तिहरुले सो संस्थाको निम्नानुसारको वेवसाइटमा गइ सहयोग प्रदान गर्न सकिनेछ। ।
http://www.britainnepalmedicaltrust.org.uk/support-us
ठूलो सानो जतिसुकै रकम आफ्नो हैसियत अनुसार सहयोग गर्ने प्रति आफू र आफ्नो संस्था आभारी रहने प्रा. सुवेदीले बताए ।
स्मरणीय छ, दुई वर्ष अघि नेपालमा गएको महाभूकम्पपछि सहयोग गर्न प्रा. सुवेदीले आफैंले ५ लाख रुपैयां चन्दा दिएका थिए भने सो संस्थाले भूकम्प पीडितका लागि गरेको कार्यमा सहयोग पुरयाउन उक्त संस्थाले आयोजना गरेको बेलायतको दक्षिणी तटको एकसय किमीको शुरु देखि अन्त्यसम्म नरोकिइ भएको अहोरात्रको पदयात्रा गरेका थिए ।
ट्रष्टले नेपालका झण्डै ४५ जिल्लामा विभिन्न प्रकारको स्वास्थ्य सेवाको काम गरिरहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]