लन्डन । सम्भवतः बेलायतको नेपालमा परोपकारी काम गर्ने सबैभन्दा पुरानो संस्था ब्रिटेन नेपाल मेडिकल ट्रष्टको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा सो संस्थाले नेपालमा गरेको काममा आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ सो संस्थाका सहअध्यक्ष प्रा. सूर्यप्रसाद सुवदीले
एकसय ३५ किमीको दुरीको पैदलयात्रा पुरा गरेका छन्।
इंगल्याण्ड र स्कटल्याण्डको सिमामा पर्ने झण्डै बेलायतको पूर्वी तटबाट पश्चिमी तटसम्म फैलिएको रोमन सम्राट हेड्रियनले बनाएको प्राचीन हेड्रियन वालको पल्लो छेउ देखि वल्लो छेउसम्मको पैदलयात्रा उनले आफ्ना सहयोगी मित्रहरु डा. स्टिभ टर्नर र आन्ड्रू स्टुवार्टको साथमा पुरा गरेका हुन् ।
गत अगष्ट १४ तारिखदेखि पदयात्रा शुरु गरेका सुवेदी अगष्ट २१ तारिख, सोमबार मात्रै लण्डन फर्केका हुन्।
‘हामी आफ्नो यात्राको क्रममा ११३२ फिटसम्म पुग्यौं भने १६ वटा ऐतिहासिक किल्लाहरु, ७९ वटा क्यासलहरु पनि पार गरयौं । यात्राको क्रममा देखिएको इंगल्याण्डको प्राकृतिक सौन्दर्य अत्यन्त मनमोहक थियो । म शारीरिक रुपमा थाके पनि मानसिकरुपमा अत्यन्त तरोताजा अनुभव गरिरहेको छु र नेपालमा कल्याणकारी काममा सघाउन पाएकोमा सन्तोष पनि लागेको छ’, प्रा. सुवेदीले भने।
प्रा. सुवेदीको उक्त अभियानमा र ब्रिटेन नेपाल मेडिकल ट्रष्टले नेपालमा गरेको काममा सहयोग गर्न इच्छुक व्यक्तिहरुले सो संस्थाको निम्नानुसारको वेवसाइटमा गइ सहयोग प्रदान गर्न सकिनेछ। ।
http://www.britainnepalmedicaltrust.org.uk/support-us
ठूलो सानो जतिसुकै रकम आफ्नो हैसियत अनुसार सहयोग गर्ने प्रति आफू र आफ्नो संस्था आभारी रहने प्रा. सुवेदीले बताए ।
स्मरणीय छ, दुई वर्ष अघि नेपालमा गएको महाभूकम्पपछि सहयोग गर्न प्रा. सुवेदीले आफैंले ५ लाख रुपैयां चन्दा दिएका थिए भने सो संस्थाले भूकम्प पीडितका लागि गरेको कार्यमा सहयोग पुरयाउन उक्त संस्थाले आयोजना गरेको बेलायतको दक्षिणी तटको एकसय किमीको शुरु देखि अन्त्यसम्म नरोकिइ भएको अहोरात्रको पदयात्रा गरेका थिए ।
ट्रष्टले नेपालका झण्डै ४५ जिल्लामा विभिन्न प्रकारको स्वास्थ्य सेवाको काम गरिरहेको छ ।
नेपालमा एक/दुई हप्तामै राहदानी सेवा सरल हुने
नेपाली महिला फुटबल कप्तान एन्जिला तुम्बापोलाई बेलायतमा सम्मान
‘नेपाल र विश्वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनिक
दक्षिणपश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौँ विस्थापित
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता